नुवाकोटमा ५६ हजार घरको पुननिर्माण सम्पन्न

विदुर खबर २०७६ असोज २८ गते २१:२६

नुवाकोट । नुवाकोटमा ५६ हजार घर को पुन निर्माण सम्पन्न्न भएको छ ।

Advertisement

जिल्लामा रहेका ५६ हजार एक सय ७ भूकम्प पीडित लाभग्राहीले सरकारी अनुदान लिएर घर निर्माण सम्पन्न गरेको राष्ट्रि पुन निर्माण प्राधिकरण व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटका प्रमुख प्रमुख शम्भुकुमार शाहले बताए शाहले जिल्लामा रहेका कुल लाभग्राही मध्ये ७३ प्रतिशतले घर निर्माण गरेको जानकारी दिए ।

विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले नुवाकोटमा ७६ हजार ८०९ घरमा पूर्ण क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन एकाई नुवाकोटले जनाएको छ । जिल्लामा रहेका भूकम्प पीडित मध्ये ६७ हजार ९ सय ५५ लाभग्राही (८८.४७ प्रतिशत) ले आवास निर्माणको लागी घरको जग बसालेर अनुदानको दोश्रो किस्ता बापत एक लाख पचास हजार रुपैयाँ लिएर घर निर्माण अन्तिम चरणमा पु¥याएका छन् ।

Advertisement

कुल लाभग्राही मध्ये ७३ हजार ५१ (९५.११ प्रतिशत) ले भूकम्प प्रतिरोधि आवास बनाउनका लागी सम्बन्धित वडा कार्यालयमा सम्झौता गरेका छन् भने तोकिएको मापदण्ड अनुसार नयाँ घर निर्माण गर्ने प्रतिबद्धता जनाएका लाभग्राहीलाई सम्झौता पश्चात पचास हजार रुपैयाँ अनुदान उपलब्ध गराइसकेको कार्यालयका सूचना अधिकारी बिशाल सापकोटाले बताए ।

प्रतिक्रिया