आलम पक्राउ विरुद्ध प्रदर्शन रोक्न कांग्रेसद्वारा कार्यकर्तालाई निर्देशन

विदुर खबर २०७६ असोज २८ गते ६:५०

रौतहट–२, बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महमद आफताव आलम पक्राउ परेपछि निशर्त रिहाइको माग सहित नेपाली कांग्रेस रौतहटले आन्दोलनको चेतावनी दिएको छ ।

Advertisement

जिउँदै मान्छेलाई ईटाभट्टामा हालेर हत्या गरेको अभियोगमा २६ असोजमा आलमलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पछि कांग्रेसका कार्यकर्ताले प्रदर्शन गर्दै आएका छन् ।

सोमबार पनि सडकमा टायर बालेर कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका थिए । तर, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आलममाथि अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताएका छन् ।

Advertisement

शर्माले ट्वीट गर्दै अनुसन्धानका लागि सहयोग गर्ने जनाएका हुन् । शर्माले रौतहट कांग्रेसलाई मंगलबार प्रदर्शन रोक्नेगरी ट्वीट गरेका छन् । केन्द्रीय कार्यालयको धारणा भन्दै शर्माले लेखेका छन्, “कांग्रेसको यो केन्द्रीय धारणा रौतहट कांग्रेसले मंगलबारबाट अनिवार्य बोक्नेछ ।”

बम बनाउने क्रममा मृत्यु भएका र घाइते आठ जनालाई २७ चैत २०६४ मा ईटाभट्टामा हालेर हत्यास गरेको आरोप आलमलाई लगाइएको छ ।

Advertisement

प्रतिक्रिया