तामाकोसी शेयर वितरणविरुद्ध आन्दोलन घाेषणा
चरिकोट, १ चैत– बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको शेयर वितरण मोडालिटीविरुद्ध दोलखाका राजनितिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
शेयर वितरण मोडालिटी सच्याउनुपर्ने माग राख्दै उनीहरूले पाँचदिने चेतावनीसहित चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
माथिल्लो तामाकोशी शेयर सरोकार संघर्ष समितिले आज चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो अवधिमा माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।
यसअघि संघर्ष समितिले माथिल्लो तामाकोशीको शेयर वितरणको विषयलाई लिएर सातबुँदे मागपत्र प्रस्तुत गर्दै १० दिनको चेतावनी दिएको थियो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता बर्मा लामाले दोस्रो पटक दिएको अल्टिमेटम अवधिभित्र पनि माग सुनुवाई नभए आन्दोलनमा उत्रने बताए ।
संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गर्दै माग पूरा नभए चैत १० गतेदेखि माथिल्लो तामाकोशी आयोजना र आयोजनासँग सम्बन्धित ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका सवारी साधनलाई जिल्ला प्रवेशमा निषेध गर्ने जनाएको छ ।
नेकपा मालेका पोलिटब्युरो सदस्य रेशमराज रिमालले शेयर दलाल र आयोजनाबाटै दोलखाली जनतालाई अन्याय हुनेगरी शेयर निष्कासनको तयारी भएको बताएका छन् ।
समितिले यसअघि दोलखावासीका लागि छुट्याइएको १० प्रतिशत शेयर वितरण गर्नुपूर्व शेयर वितरण मोडालिटी सच्याएर मात्र शेयर बाँडफाँड गर्नुपर्नेसहित सातबुँदे माग अघि सारेको थियो ।
समितिले शेयरको अधिकतम र न्युनतम मुल्यलाई तीन देखि ३० हजारबाट घटाएर तीनदेखि १० हजार कायम गर्न, जिल्लावासीलाई वितरण गरेर बाँकी रहने शेष शेयरको सम्बन्धमा ग्यारेन्टी गर्न र आयोजनाको मुख्य प्रभावितमध्येको गौरीशंकर गाउँपालिका–९ मा तत्काल सडक पुर्याउनुपर्ने माग गरेको छ ।
माथिल्लो तामाकोशी आयोजनाले धितोपत्र बोर्डबाट स्वीकृति लिएर यही चैत महिनाभित्र शेयर निष्कासनको तयारी गरिरहेको छ । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर कम्पनीले दोलखावासीका लागि रु एक अर्ब पाँच करोडको शेयर निष्कासन गर्न लागेका बेला दोलखामा विवाद र आन्दोलन सुरु भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया