इँटा भट्टामा ५ जनालाई पोलेर मारेको आरोपमा कांग्रेस सांसद आलम पक्राउ

विदुर खबर २०७६ असोज २६ गते ११:४२

नुवाकोट ।  नेपाली कांग्रेसका सांसद तथा रौतहट २ का प्रतिनिधिसभा सदस्य मोहम्मद अफताव आलमलाई प्रहरीले रौतहटस्थित उनकै निवासबाट आइतबार बिहान गिरफ्तार गरेको छ।

Advertisement

२०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि छ।उनले भारतबाट केही मानिस भाडामा ल्याएर चुनावमा प्रयोग गर्नका लागि बम बनाउन लगाएको र बनाउने क्रममा बम पड्किएको थियो। सो घटना लुकाउन उनले घाइतेहरूलाई नजिकैको इँटाभट्टाभित्र हालेर पोलेको भन्दै दुई जनाको परिवारले आलमविरूद्ध जाहेरी दिएका थिए।  सोही पुरानो जाहेरीको आधारमा आलम पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले सेतोपाटीलाई जानकारी दिए।

प्रतिक्रिया