दशैको लागि राजधानीबाट घर आउनेको लर्को, उपत्यकाबाट १९ लाख बाहिरिए

विदुर खबर २०७६ असोज १८ गते ७:२५

नुवाकोट । दसैं मान्न उपत्यकाबाट करिब १९ लाख यात्रु बाहिरिएका छन् ।

Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार शुक्रबार साँझसम्म १८ लाख ७१ हजार ८ सय ७५ यात्रु बाहिरिएका छन् । यो संख्या असोज ५ मा टिकट बुकिङ खुला भएयताको हो । यात्रु लगेर १ लाख ९० हजार ९ सय ९४ सवारी साधन उपत्यका बाहिरिएका छन् । यो अवधिमा ९ लाख ५२ हजार ५ सय ४५ यात्रु काठमाडौं भित्रिएका छन् । १ लाख ६४ हजार ७ सय २५ गाडी भित्रिएका छन् । यसमा निजी सवारी साधनको संख्यासमेत रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

रुटका गाडी कम चल्न थालेपछि काठमाडौंका यात्रु भने मर्कामा परेका छन् । थोरै गाडीले कोचाकोच यात्रु बोक्ने गरेका छन् । ट्याक्सीले भने मनपरी भाडा लिएर यात्रुलाई उल्टै सास्ती दिँदै आएको गुनासो बढेको छ । रुटका गाडी कम चल्दा ट्याक्सीले भाडामा बार्गेनिङ गरिरहेको यात्रुले बताए ।

Advertisement

प्रतिक्रिया