लिखु गाउँपालिकाद्धारा बजार अनुगमन शुरु
विदुर खबर
२०७६ असोज १३ गते १८:४०
नुवाकोट । नुवाकोटको लिखुगाउँपालिकाले सोमबारबाट गाउँपालिका क्षेत्रमा रहेको बजार क्षेत्रको अनुगमन शुरु गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष रोजिना राईको नेतृत्वमा रहेको रहेको टोलीले ढिकुरे चौघडा लगाउत बजार क्षेत्रका एकदर्जन पसल र होटलहरुमा अनुगमन गरेको अनुगमनको टोलीको संयोजक एवं गाउँपालिकाकी उपाध्यक्ष राईले जानकारी दिइन ।
अनुगमन टोलीले अनुगमनको क्रममा पसलहरु दर्ता नगरेको, केहीमा म्याद गुर्जेका सामानहरु भेटिएको र होटल तथा मासु पसलमा सफा नभेटिएको अनुगमन समितिले जनाएको छ । अनुगमनका क्रममा दोषी देखिएका पसल तथा होटल संचालकहरुलाई पहिलोपटक सचेत गरेर छाडिएको अनुगमन समितिले जनाएको छ ।
अनुगमनमा वडा नम्बर १ का वडाअध्यक्ष नरहरी पाण्डे, वडा नम्बर २ का वडाअध्यक्ष भिम बहादुर घले, प्रहरी चौकी ढिकुरेका प्रहरी तथा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया