त्रिशूली माबिको नबनिर्मित भवन बिद्यालयलाई हस्तान्तरण

विदुर खबर २०७६ असोज ११ गते २१:३१

नुवाकोट । त्रिभूवन त्रिशूली माध्यमिक बिद्यालयको नवनिर्मित भवन बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

 

एशियाली बिकास बैंकको सहयोगमा निर्मित उक्त भावनाको साँचो जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख दिनानाथ गौतमले बिदुर नगरपालिकाका प्रमुख सञ्जु पंडितलाई र प्रमुख पंडितले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नबिन्द्रमान प्रधानलाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठ, ब्यवस्थापन समितिका अध्यक्ष प्रधान, पूर्व अध्यक्ष मोहनबहादुर श्रेष्ठ, प्रधानाध्यापक महेन्द्र राउत लगायतको उपस्थिती रहेको थियो ।

Advertisement

 

प्रतिक्रिया