जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई सम्मान

विदुर खबर २०७६ असोज ९ गते १३:२१

देविघाट । विदुर नगरपालिका वडा नम्बर ५ का समाजसेवी लिलानाथ न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर देविघाटमा रहेको जेष्ठ नागरिक प्रतिष्ठानका बृद्धबृद्धाहरुलाई सम्मान तथा भोजन गराएका छन ।

Advertisement

बिहीबार देविघाटमा एक कार्यक्रमको आयोजना गर्दै न्यौपानेले प्रतिष्ठानमा रहेका बृद्धबृद्धाहरुलाई संयुक्त रुपमा भोजन गराएका हुन । कार्यक्रममा बोल्दै समाजसेवी न्यौपानेले समाजका इतिहासका रुपमा रहेका वृद्धबृद्धाको सबैले सम्मान गर्नुपर्ने बताए । बृद्धबृद्धा समाजका ज्यूँदो ईतिहास भएकोले आफुले केही खुसी वृद्धवृद्धाहरुसँग बाँड्न जन्मदिनको अवसरका उनीहरुलाई सम्मान गरेको न्यौपानेले बताए ।

कार्यक्रममा जेष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले जेष्ठ न्यौपानलेजस्तै अन्य नागरिकले पनि बृद्धबृद्धाहरुसँग केही पल बिताएमा उनीहरुको मुहारमा खुशी छाउने बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसी राजेश थापा, जेष्ठ नागरिक प्रतिष्ठानका सचिव हेमप्रसाद अधिकारी, कोषाध्यक्ष बृन्दा अर्याल, सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटका अध्यक्ष उत्सव अर्याल, लोकप्रिय उपभोत्ता सहकारी संस्थाका अध्यक्ष केशववहादुर कुमाल तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया