काठमाडौंमा एक महिलाले चार शिशु जन्माइन्
विदुर खबर
२०७६ असोज ९ गते ७:२७

नुवाकोट । काठमाडौं मेडिकल कलेजमा एक महिलाले एकैपटकमा चारजना शिशुहरु जन्माएकी छन् । २७ वर्षिया खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरू जन्माएकी हुन्।
अस्पताल स्रोतका अनुसार आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् ती शिशुलाई जन्माइएको हो। ति शिशुहरूमा तीनजना छोरा र एकजना छोरी छन्। तीनजना शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र एकजनाको अवस्था भने अस्थिर देखिइरहेको अस्पतालले बताएको छ। ती शिशुहरू नौं महिना नपुग्दै जन्मिएकाले श्वासप्रश्वासमा कठिनाई हुनसक्ने हुँदा केही हप्ता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन्।
सम्बन्धित
प्रतिक्रिया