कृषि विकास बैंकको २३ लाख लुटेको आरोपमा नुवाकोटका दुई जना पक्राउ

विदुर खबर २०७६ असोज ८ गते १०:०५

नुवाकोट । कृषि विकास बैंकको २३ लाख लुटेको आरोपमा प्रहरीले नुवाकोटका दुई जना सहित अन्य आठ जनालाई पक्राउ गरेको छ ।

मंगलबार राती अबेरसम्म प्रहरीले उनीहरलाई काठमाडौ र काठमाडौ बाहिरबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नुवाकोटका लेमान तामाङ र लक्ष्मी तामाङ रहेका छन् ।

प्रहरी स्रोतका अनुसार कृषि विकाश बैंकको केन्द्रीय शाखाबाट करिब ५३ लाख रुपैयाँ रकम टान्सफर गरी एटिएमबाट निकालेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्ने अन्यमा  काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर रहेका छन् ।

Advertisement

प्रतिक्रिया