देबिघाटको बेचिएको झोलुङ्गे पुलमा अख्तियारको चासो
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ र बेलकोटगढी नगरपालिका वढा नम्बर ८ जोड्ने झोलुङ्गे पुल बित्री प्रकरणमा अख्तियार दुरुपयोग अनसन्धान आयोगले चासो देखाएको छ ।
पुल बिक्री प्रकरण व्यापक भएपछि गत साता अख्तियारको टोली अनुगमनको लागि नुवाकोट आएको विदुर नगरपालिका स्रोतले जनाएको छ । अख्तियारको टोलीले पुल अनुगमन गर्दै विदुर नगरपालिका वडा नम्बर ५ र बेलकोटगढी नगरपालिका वडा नम्बर ८ बाट कागजात लगेको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष भोजप्रसाद पुडासैनीले विदुर खबरलाई बताए ।
अख्तियारको टोलीले विदुर नगरपालिका प्रतिनिधि,बेलकोटगढी नगरपालिकाका प्रतिनिधि र स्थानियबासीसँग सोधपुछ गरेको बताइएको छ । टोलीले पुलको मुचुल्का समेत उठाएर लगेको विदुर नगरपालिकका एक कर्मचारीले बताए ।
यस अघि विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष चित्रकार र बेलकोटगढी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष पुडासैनीले ७० हजारमा देबिघाट जिलिङ जोड्ने पुल गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडकले योजनाले काटेर फालेपछि कवाडीलाई बेचेर नगरपालिकामा राजश्व दाखिला गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया