गेर्खुमा कांग्रेसको जागरण अभियान सम्पन्न

विदुर खबर २०७६ असोज ६ गते २०:४२

विदुर । विदुर नगरपालिका वडा नम्बर १० र ११ मा नेपाली कांग्रेस नुवाकोटले सोमबार दास्रो चरणको जागरण अभियान सम्पन्न गरेको छ ।

Advertisement

हिमाल,पहाड,तराई–मधेस भन्ने नाराका साथ जागरण अभियानको दोस्रो चरण सम्पन्न भएको नेपाली कांग्रेस नुवाकोटका प्रवक्ता तथा वडा १० र ११ का प्रतिनिधि राजु थापाले जानकारी दिए ।
जागरण अभियानमा विगतमा पार्टी भित्र भएका कमि कमजोरीको समिक्षा तथा गुट–उपगुटको अन्त्य गर्ने विषयमा छलफल भएको थियो । साथै वर्तमान सरकारले गरेका नराम्रा कामका भण्डाफोर गर्ने निर्णय गरेको कांग्रेस नुवाकोटका प्रवक्ता राजु थापाले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धुव्र अधिकारी, विदुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गणेशकुमार, गेर्खुका सभापति शेरबहादुर घले लगायतको उपस्थिति रहेको थियो । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको दिवस पारेर गत साताबाट शुरु भएको थियो ।

Advertisement

प्रतिक्रिया