संविधान दिवसको अवसर पारेर नुवाकोटमा ७ जनाको कैद मिनाहा
नुवाकोट । संविधान दिवसको अवसर पारेर जिल्ला कारागार नुवाकोटमा कैद जीवन बिताइरहेका ७ जनाको कैद मिनाहा गरिएको छ।
कारागारमा ५० प्रतिशत भुक्तान गरेका र असल चालचलन भएको भन्दै प्रमुख जिल्ला अधिकारी र जेलरको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अभियोगमा कैद जीवन भोगिरहेका ७ जनालाई सजाय माफी दिएकी हुन्। कैद माफी प्राप्त गर्नेहरुमा ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा कैद जीवन बिताइरहेका शिवपुरी ५ का बम्बे भनिने बमबहादुर तामाङ, मानबहादुर तामाङ, तुप्चेका गोविन्द नेपाली रहेका छन्।
यस्तै डाका चोरी तथा ज्यान मार्ने उद्योगमा आरोपित ककनी–३ का डम्बरबहादुर भनिने कमरबहादुर तामाङ, सानोकान्छा भनिने मानबहादुर तामाङ, कर्तव्य ज्यान मुद्धामा जेल जीवन बिताइरहेका विदुर नगरपालिका–१२ का विष्णुबहादुर अधिकारी र सवारी ज्यान मुद्धामा जेल जीवन बिताइरहेका बेलकोटगढी नगरपालिका–९ का सन्तवीर लामाको कैद माफी मिनाहा भएको जिल्ला कारागार नुवाकोटका सूचना अधिकारी दुर्गा वाग्लेले जानकारी दिए।
नागरिक न्युजबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया