स्थानिय तहको बेतिथि , सुट सिलाउन नगरपालिकाद्धारा ६ लाख निकासा

विदुर खबर २०७६ असोज २ गते ७:३२

नुवाकोट । जनताको घरमा खानेपानीको धारो पुग्न सकेको छैन तर जनप्रतिनिधिहरु भने बिलासिताको वस्तुतिर आर्कर्षित भएका छन ।

Advertisement

सिरहाको कर्जन्हा नगरपालिकाले ५९ जनप्रतिनिधि र मेयरका चालकलाई सुट हाल्न १०–१० हजार बाँडेको छ । बैंक खातामा निकासा गरिएको रकम जनप्रतिनिधिले अन्तै मासेपछि सुट पाँच महिनादेखि मिर्चैया बजारस्थित सनलाइट टेलरको ह्यांगरमै थन्किएका छन् । दसैँसम्म नआए सस्तो दररेटमा बेच्ने भन्दै सञ्चालक विश्वेश्वर मण्डलले सामाजिक सञ्जालमै सुट लिलामीमा चढाएका छन् । उनले तत्कालको मूल्य एउटा सुटको ६ हजार तोकेका छन् ।

सुट सिलाउन उधारोमा कपडा दिने गुरुशरण साधुशरण वस्त्रालयका मालिक लक्ष्मण साह भने पैसा फस्ने चिन्तामा छन् । उनका अनुसार नगरपालिकाले ३६ पुरुष जनप्रतिनिधि र मेयरका चालकका लागि कोट, पाइन्ट र सर्टको कपडा तथा २३ महिला जनप्रतिनिधिका लागि कोटको कपडा उधारोमा लगेको छ । सुटको कपडा डोनियर ब्रान्डको हो । मेयर गंगा पासमानको वचन हार्न नसकेर उधारो दिएको उनले बताए । उधारो रकमबारे भने उनी बोल्न चाहँदैनन् ।

Advertisement

कपडा उधारो लिएका मेयर पासमानले सनलाइट टेलरलाई प्रत्येक सुटको पाँच हजार र महिलाको कोट सिलाएको ३५ सय ज्याला दिने गरी सिलाइको जिम्मा दिएका थिए । तर, सुट तयार गरिएको पाँच महिना बित्दा पनि अधिकांश जनप्रतिनिधि लिन नआएपछि मण्डलले फेसबुकमार्फत लिलामीमा बेच्ने सूचना सार्वजनिक गरेका छन् । पसलको ह्यांगरमा झुन्ड्याइएका कोटमा सम्बन्धित जनप्रतिनिधिको नामसहितको ट्याग लगाइएको छ । दसैंसम्म लिन आएनन् भने बढीभन्दा बढी जति पैसा पाइन्छ त्यतिमा क्रमशः बेच्दै गएर आफ्नो रकम उठाउने मण्डलले बताए ।

नयाँ पत्रिकाबाट

Advertisement

प्रतिक्रिया