तुप्चेमा डेङ्गु नियन्त्रणको लागि जनचेतनामुलक कार्यक्रम सम्पन्न

विदुर खबर २०७६ असोज १ गते १९:५६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा बुधबार डेङ्गु रोग नियन्त्रण सचेतना एवम लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

न्यु तुप्चे युवा क्लबको आयोजना तथा चण्डेश्वरी मावि, पाइनियर स्कुल,आर्दश जनकल्याण युवा क्लब,नेपाल रेडक्रस तुप्चे उपशाखा र सामुदायिक स्वास्थ्य केन्द्र तुप्चेको सहआयोजनामा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । आफ्नो घर आँगन सफा राखौ,डेङ्गु संक्रमणबाट बचौ भन्ने नाराका साथ शुरु भएको ¥याली विभिन्न स्थानमा पुगेको थियो । कार्यक्रममा विभिन्न स्थानमा सरसफाई समेत गरिएको थियो । नगरपालिकाको विभिन्न स्थानमा डेङ्गुका बिरामी भेटिएकोले जनचेनतामुलक कार्यक्रम आयोजना गरिएको चण्डेश्वरी माविका प्रध्यानाअध्यापक हरि रिजालले बताए ।

जनचेतना कार्यक्रममा वडा नम्बर ७ का वडासदस्य विष्णुबहादुर बोगटी,चण्डेश्वरी माध्यामिक विद्यालयका प्रध्यानाअध्यापक हरि रिजाल, न्यु तुप्चे युवा क्लबका अध्यक्ष दिनेश बोगटी, सचिव सुदिप बोगटी र समाजसेवी शम्भु बोगटी  नेपाली सेना,स्थानियबासीहरु र विधार्थीहरुको उपस्थिति रहेको थियो । लगायतको उपस्थिति रहेको थियो । पछिल्लो समय नुवाकोटमा विभिन्न ६ जना डेङ्गुका बिरामी भेटिएसँगै विभिन्न वडाहरुमा जनचेतनामुलक कार्यक्रमहरु गर्न थालिएको छ ।

Advertisement

 

प्रतिक्रिया