चाडपर्वका बेला सुन कारोबार धरापमा

विदुर खबर २०७६ भदौ २९ गते २१:४३

नुवाकोट । पछिल्लो दुई महिनायता नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ अचाक्ली भएपछि चाडपर्वको सिजनमा पनि कारोबार नगण्य अवस्थामा पुग्दा काठमाडौँका व्यवसायीहरु धरापमा परेका छन् ।

Advertisement

सुनको नगण्य कारोबारका कारण महँगा सटर लिएर बसेका व्यवसायी रुनु न हास्नुको स्थितिमा छन् । दसैँको मुखमा सटर भाडासँगै कर्मचारीलाई तलब दिने स्थिति पनि नरहेको उनीहरु बताउँछन् । दुई साताअघि नेपालकै इतिहासमा तोलाको ७३ हजार ५०० रुपैयाँ पुगेको सुनको भाउ पछिल्ला केही दिनयता सामान्य घट्दै बिहीबारसम्म आइपुग्दा तोलाको ७० हजार ८०० रुपैयाँमा झरेको छ । तर यो पनि नेपाली बजारमा उच्च नै हो ।

सुनको भाउ बढ्दै जाँदा बजारमा किन्नेभन्दा पनि बच्ने ग्राहकको संख्या उच्च रहेका कारण व्यापारीहरु बजारमा बच्नभन्दा पनि किन्नकै लागि सटर भाडामा लिएर बसेजस्तो देखिन थालेको छ ।

Advertisement

 

प्रतिक्रिया