नुवाकोटको बट्टार बजार डेङगुको उच्च जोखिममा (भिडियोसहित)
विदुर खबर
२०७६ भदौ २८ गते १५:२५

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टार डेङगुको उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका राममणि घिमिरेले बट्टार बजार डेङगुको उच्च जोखिममा रहेको भन्दै उच्च सर्तकता अपनाउनुपर्ने बताए । उनले बट्टारको बजार क्षेत्रमा धेरै मात्रामा टायर, वर्कसप लगायतका धेरै पसलहरु रहेको भन्दै सबैले सावधानी अपनाउनुपर्ने बताए । उनले डेङगुबाट बच्न आफ्नो घर आँगन सफा राख्ने, लामखुट्टे बस्ने ठाउँको नष्ट गनुपर्ने बताए ।
हालसम्म नुवाकोटमा ६ जना डेङगुका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया