बिदुर नगरपालिकामा रहेको एतिहासिक पौवा ब्यक्तिको कब्जामा, सम्बन्धित निकाय बेखबर

विदुर खबर २०७६ भदौ २४ गते २१:०५

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा ५ देबिघाट मा रहेको एतिहासिक पौवा रानाको पार्टी केही व्यक्तिले कब्जामा परेपनि सम्बन्धित निकाय बेखबर बनेका छन ।
२०७२ सालको भुकम्पले आशिक रुपमा जिर्ण बनेको पाटि भत्काएर ब्यक्तिले जग्गा कब्जा गरि घर निर्माण गर्दा समेत विदुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय र पुरातत्व बिभाग बेखबर बनेको छ । नुवाकोटको एतिहासिक सिन्दुरे जात्रासँग जोडीएको सो पौवा वि.स.१८७२ मा निर्माण भएको पौवामा रहेको शिलापत्रमा उल्लेख छ ।

Advertisement

जिल्लामा रहेको ऐतिहासिक धरोहर मासिदा समेत स्थानीयबाासी,पुरातत्व बिभाग र स्थानीय निकायले चासो नदिदा जिल्लामा रहेका एतिहासिक धरोहर दिनानू दिन व्यक्तिले कब्जा गरिरहेका छन । भैरबी र देबिघाट देबिको नाममा रहेको सो गूठीको जग्गा अहिले ब्यक्ती ले आफ्नो भनेर दाबी गर्दै भोगचलन गर्दै आइरहेका छन । सो विषयमा पुरातत्व विभाग अन्तर्रगत नुवाकोट प्रतिनिधि अर्जुन फुयाललाई जानकारी गराउदा समेत उनले चासो नदिएको स्थानियबासीहरु बताउँछन । पार्टीमा प्रयोग भएको कलात्मक काठ अहिले काम नलाग्ने गरि कुहिदै गएको छ भने शिलालेख र त्यहाँ भएका मुर्ती समेत कसले कहाा राखेको छ भन्ने पत्तो नभएको स्थानि परशुराम अर्यालले बताए ।

सिन्दुरे जात्राको बेला धामीले भोज खाएर आराम गर्नका लागि तथासो जात्रासँग जोडीएको गतिविधिमा प्रयोग हुँदै आएको पाटि अहिले एउटा ब्यक्तीको स्वार्थका कारण खण्डहर बन्न पुगेको छ । अहिले सो पाटि भत्काएर नजिकै निर्माण भएको घरले नक्सा समेत पास नगरी घर निर्माण कार्य जारी राखेको वडा नम्बर ५ का वडा अध्यक्ष शिव चित्रकारले बताए । जिल्लामा रहेको एतिहासिक धरोहर संरक्षण गर्न नसकेको विदुर नगरपालिका र पुरातत्व विभाग कानमा तेल हालेर बस्दा सो पाटि अहिले ब्यक्तिले कब्जा जमाएका छन । सरोकारवाला निकायहरुले वेलैमा यस विषयमा ध्यान दिन जरुरी रहेको सथानियबासीले बताएका छन ।

Advertisement

प्रतिक्रिया