सडक योजनाको लापरवाहीले वडाअध्यक्ष विवादमा

विदुर खबर २०७६ भदौ २४ गते २०:१४

विदुर । गल्छी–त्रिशुली–मैलुङ–स्याप्फ्रु–रसुवागढी सडक योजनाको लापरवाहीका कारण विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकार र बेलकोटगढी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष भोजप्रसाद पुडासैनी विवादमा तानिएका छन ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चित्रकार र बेलकोटगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुडासैनीले देविघाट र जिलिङ जोड्ने पुरानो पुल गत मंसिर महिनामा सांसद बहादुरसिंह लामाको हिमदुङ एण्ड थोकर प्रालिले झोलुङ्गे पुल काटेर खोला,बगर र सडकमा फालेपछि त्यसको व्यवस्थापन गर्ने क्रममा उनीहरु विवादमा परेका हुन ।

शुक्रबार रााष्ट्रिय समाचार समितिले “वडाअध्यक्षद्धारा पुल विक्री” भन्ने समाचार प्रकाशित गरेपछि यो विषय भाइरल भएको थियो । समाचारमा वडाअध्यक्षद्धय चित्रकार र पुडासैनीमाथि पुल बेचेको आरोपमा लगाइएको थियो । उनीहरुले झोलुङ्गे पुल आफूखुशी बेचेको र पुल संरक्षण गर्नुको साटो उल्टै बेच्दा पनि वडाका आम नागरिकलाई केही थाहा नदिएको आरोप लागइएको थियो । तर वडाअध्यक्षद्धय चित्रकार र पुडासैनीले वास्तविकता विपतिर हुँदै नभएको विषयलाई लिएर आफुहरुमाथि राससका पत्रकारले गम्भीर आरोप लगाएर समाचार लेखेको बताए । वडा अध्यक्षद्धयले शनिबार विहान विदुर नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दे ‘वडा अध्यक्षद्धारा झलेुङ्गे पूल विक्रि’ भनेर राष्ट्रिय समाचार समितिले लेखेको समाचारमा कडा खण्डन गरेका छन् । पत्रकार सम्मेलनमा वडाअध्यक्ष चित्रकार र पुडासैनीले नियोजित रुपमै पत्रकारिताको माध्यमबाट केहि व्यक्तिले आफुहरुको चरित्रहत्या गर्ने षड्यन्त्रमा लागेको बताए ।

Advertisement

पत्रकार सम्मेलनमा वडा अध्यक्ष चित्रकारले आफ्नो व्यत्तिगत स्वार्थ र गैर कानुनी धन्दा लागेपछि आफुहरुमाथि हिलो छ्यापने काम भएको बताए । तादी र त्रिशुलीमा दोहन तिव्र भएपछि जनप्रतिनिधिले रोकेको र गैर कानुनी धन्दालाई नियन्त्रण गर्न सक्रिय देखाएपछि आफुहरुमाथि पत्रकारिताको माध्यमबाट केहि व्यक्तिले चरित्र हत्या गरेको आरोप लगाए । विदुर नगरपालिका ५ का वडा अध्यक्ष शिवकुमार चित्रकारले आफूले आयोजनाले काटेर पालिदिएको पूल नबेचेर विदुर नगरपालिकासँग सल्लाह र समन्वय गरेर त्यसको व्यवस्थापन गरेको बताए । उनले बेलकोटगढी नगरपालिका र विदुर नगरपालिकाको ५ र ८ वडाको सीमानामा पर्ने उक्त झोलुङ्गे पूल राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली सडक आयोजनाले भत्काएर छाडेपछि पुलका सामानहरुले नदीमा प्रदुषण गरेको तथा यातायात आगमनमा अवरोध सिर्जना गरेकाले त्यसका समानहरु कवाडीलाई ७० हजार रुपैयाँमा स्थानियस्तरमै उपलब्ध जनप्रथिनिधिहरु र स्थानियहरुसँगको सामुहिक छलफलबाट व्यवस्थापन गरेको बताए ।

‘सडक आयोजनाले भत्कायो, व्यवस्थापन गरिदिनुस् भनेर भन्यौ उनीहरुले भत्काउने काम मात्र आफ्नो योजनामा रहेको बताएपछि हामीले त्यसको व्यवस्थापन गरेका हौं, ‘ वडा अध्यक्ष चित्रकारले विदुरखबरसँग भने ‘पुल भत्काइयो, पुलका लठ्ठा, फलाम लगायतका सामान अलपत्र परेपछि हामीले यसको कसरी व्यवस्थापन गर्ने भनेर नगरपालिकासँग पनि छलफल गर्यौ । उहाँहरुले व्यवस्थापन गर्नुस् भनेपछि स्थानीयको सहमतिमा पूलको सामान कवाडीमा बेचेर दुईवटा वडाको नाममा ३५÷३५ हजार रुपैयाँ आम्दानी बाधेका छौ । हाम्रो नियत गलत होइन, प्रक्रियागत त्रुटी भएका होलान सार्वजनिक सम्पत्तिको व्यवस्थापन गरेका हौं’ अध्यक्ष चित्रकारले भने, ‘यो चरित्र हत्या गर्ने काम भयो, नयाँ प्राक्टिसमा यस्तो होला भन्ने सोचेनौं ।’ उनले भने । यसैगरी बेलकोटगढी नगरपालिका ८ का वडाअध्यक्ष भोजप्रसाद पुडासैनीले पनि दुई वडाको सीमामा रहेको तथा फालिएको झोलुङ्गे पुललाई व्यवस्थापन गरेको बताए । सडक आयोजनाले खोलामा पुल फालिदिएपछि सो पूललाई व्यवस्थापन गरेका हौं उनले भने ।’

Advertisement

त्यसैगरी विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले पनि वडा अध्यक्षद्धयले पूलको समान व्यवस्थापनका लागि कुरा राखेको सो विक्रीबापतको राजस्व नगरपालिकाको खातामा आइसकेको बताए । “वडाअध्यक्षद्धयले गल्ती गर्नुभएको छैन, यसलाई लेख्नेले कसरी बुझेँ मलाई थाहा छैन, तर उहाँहरुले गलत गर्नु भएको छैन भन्ने मेरो भनाई हो, ‘प्रक्रियागत रुपमा केही कमजोरी भए होला तर उहाँहरुको नियत खराब भने देख्दिन ।’ मेयर पण्डितले टेलिफोन सम्पर्कमा भने ।” त्यसैगरी विदुर नगरपालिका वडा नम्बर ५ का वडासदस्य सिताराम रिमालले पनि काटेर फालिएको कुरालाई व्यवस्थापन गरेर वडामा आम्दानी दाखिला गरिएको विषयलाई धेरै उचाल्नुपर्ने अवस्था नरहेको बताए । ‘मान्छे हिड्न अप्ठेरो भयो, जति आउँछ कवाडीलाई बेचेर व्यवस्थापन गरौं, आम्दानी वडाको हिसाबमा दाखिला गरौं भनेर उहाँहरुले यो निर्णय गर्नु भएको हो । यस विषयमा छलफल पनि भएको थियो केहीले व्यक्तिगत कारणले यसलाई बङ्ग्ग्याए उनले भने ।

त्यस्तै देविघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले सडक आयोजनाले विभागले काटेर छाडेको पुललाई सबैसँगको छलफलमा व्यवस्थापन गरेको बताए । नेपालले पुल व्यवस्थापनलाई केही व्यक्तिले उचालेको बताए ।गल्छी–त्रिशुली–मैलुङ–स्याप्फ्रु–रसुवागढी सडक योजनाको प्रमुख नारायणदत्त भण्डारीले एक अनलाईन टेलिभिजनसँग कुरा गर्दै पुल आयोजनाले भत्काएको स्वीकार गरेका छन । भण्डारीले पुद हामीले नै भत्काएका हौ त्यसको जानकारी नगरपालिकालाई पत्रमार्फत गराएका थियौ उनले भने ।

प्रतिक्रिया