त्रिशुली अस्पताल सुधार्न प्रदेश सरकारद्धारा सवा करोड रकम विनियोजन

विदुर खबर २०७६ भदौ २२ गते १२:१३

नुवाकोट । प्रदेश नम्बर ३ सरकारले आफु मातहतका रहेको नुवाकोटको जिल्ला अस्पताल त्रिशुलीलाई सुदृढीकरण गर्न एक करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

Advertisement

राज्य पूनर्संरचना नहुँदासम्म केन्द्रीय सरकार अन्तर्गत रहेका जिल्ला अस्पताल त्रिशुली अस्पतालहरु नाम मात्रै अस्पतालको रुपमा रहेका थिए । प्रदेश सरकारले त्रिशुली अस्पताललाई १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

अस्पतालमा न्यूनतम सेवा मापदण्ड अनुसारको निर्दे्शिका मन्त्रालयबाट पठाएपछि अस्पतालले सेवा थप गर्न योजना बनाएर सुदृढीकरणको काम अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । गत वर्षबाट नै जिल्ला अस्पताल सुधार्ने प्रयास गरेपनि सोचे अनुसार काम गर्न नसकेको भन्दै यो वर्ष प्रभावकारी रुपमा काम गर्न रकम वितरणमा मापदण्ड तोकेको मन्त्रालयका नीति तथा जनस्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टले बताए ।

Advertisement

प्रतिक्रिया