प्रधानमन्त्रीले बोलाएपछि वामदेव गौतम पनि सिंगापुर जाँदै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष वामदेव गौतम आज सिंगापुर जाने भएका छन्।
सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गौतम दिउँसो १ बजे सिंगापुर प्रस्थान गर्न लागेको उनको नीजि सचिवालयले जनाएको छ। वामदेव निकट स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि सिंगापुर जान लागेका हुन्। ‘उहाँ सिंगापुर नजाने भनेर बस्नुभएको थियो, प्रधानमन्त्रीबाटै बोलावट भयो, त्यसैले आज सिंगापुर जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीलाई लिएरै फर्किनुहुनेछ,’ गौतम निकट स्रोतले भन्यो।
उपचारका लागि गत ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णु पौडेल मंगलबार नै सिंगापुर गइसकेका छन्। सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका ओलीको बुधबार अन्तिम अर्थात् सातौँ प्लाज्मा फेरिसस गरिँदैछ। अहिलेसम्मको कार्यतालिका अनुसार प्रधानमन्त्री ओली शुक्रबार नेपाल फर्किँदै छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया