चालकमाथि निर्घात कुटपिटपछि रसुवा प्रहरीको तिव्र आलोचना
रसुवा । रसुवा प्रहरीले मंगलबार साँझ कन्टेनर चालकमाथी निर्घात कुटपिट गरेपछि उसको अहिले सामाजि संजालमा व्यापक विरोध भइरहेको छ ।
चालकले गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै रसुवमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी हबल्दारले चालकलाई निर्घात कुटपिट गरेका हुन । चालकलाई कुटपिट गरेको भिडियो अहिले सामाजिक संजाल भाइरल बनेको छ । प्रहरीले चालकमाथि गरेको दुव्र्यवहारप्रति संविधानसभा सदस्य तथा रसुवा नेकपाका नेता जर्नादन ढकालले प्रहरिले अमानवीय व्यवहार प्रर्दशन गरेको भन्दै घटनाको घोर भत्सना गरेका छन । ढकालले घटनामा संलग्नलाई कारवाहीको माग गरि पिडितलाई उचित क्षतिपुर्तीको समेत माग गरेका छन । त्यस्तै नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले रसुवा प्रहरीले कन्टेनर चालकमाथि राक्षसी व्यवहार देखाएको भन्दै घटनामा संmग्नलाई कारवाहीको माग गरेका छन ।
रसुवाका प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालले घटना टिमुरे क्षेत्रमा भएको र घटनामा संलग्न ती दुवै प्रहरी र चालकलाई नियन्त्रणमा लिएर कारबाहीको लागी अनुसन्धान सुरु गरिएको बताए । उनले भिडियो ओर्जिनल भए नभएको र उक्त घटनामा देखिए अनुसारको ब्यबहार के कति कारणले भएको हो त्यसको अनुसन्धान पश्चात घटना सम्बन्धमा थप विवरण बाहिर आउने र दोषीलाई हदैसम्मको कारबाही हुने प्रहरी बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमालेमा नेतृत्वका लागि मतदान हुँदै
शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते





प्रतिक्रिया