चालकमाथि निर्घात कुटपिटपछि रसुवा प्रहरीको तिव्र आलोचना
रसुवा । रसुवा प्रहरीले मंगलबार साँझ कन्टेनर चालकमाथी निर्घात कुटपिट गरेपछि उसको अहिले सामाजि संजालमा व्यापक विरोध भइरहेको छ ।
चालकले गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै रसुवमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी हबल्दारले चालकलाई निर्घात कुटपिट गरेका हुन । चालकलाई कुटपिट गरेको भिडियो अहिले सामाजिक संजाल भाइरल बनेको छ । प्रहरीले चालकमाथि गरेको दुव्र्यवहारप्रति संविधानसभा सदस्य तथा रसुवा नेकपाका नेता जर्नादन ढकालले प्रहरिले अमानवीय व्यवहार प्रर्दशन गरेको भन्दै घटनाको घोर भत्सना गरेका छन । ढकालले घटनामा संलग्नलाई कारवाहीको माग गरि पिडितलाई उचित क्षतिपुर्तीको समेत माग गरेका छन । त्यस्तै नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले रसुवा प्रहरीले कन्टेनर चालकमाथि राक्षसी व्यवहार देखाएको भन्दै घटनामा संmग्नलाई कारवाहीको माग गरेका छन ।
रसुवाका प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालले घटना टिमुरे क्षेत्रमा भएको र घटनामा संलग्न ती दुवै प्रहरी र चालकलाई नियन्त्रणमा लिएर कारबाहीको लागी अनुसन्धान सुरु गरिएको बताए । उनले भिडियो ओर्जिनल भए नभएको र उक्त घटनामा देखिए अनुसारको ब्यबहार के कति कारणले भएको हो त्यसको अनुसन्धान पश्चात घटना सम्बन्धमा थप विवरण बाहिर आउने र दोषीलाई हदैसम्मको कारबाही हुने प्रहरी बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया