वीरगञ्जमा लामखुट्टे नियन्त्रणको माग गर्दै धर्ना
२७ फागुन, वीरगञ्ज । गर्मी बढेसँगै वीरगञ्ज महानगरपालिकामा लामखुट्टेको विगविगि सुरु भएपछि नागरिकहरुले नियन्त्रण गर्न माग गरेका छन् ।
लामखुट्टे नियन्त्रणको माग गर्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले आइतबार वीरगञ्जमा एक घण्टा धर्ना दिएको हो ।
कांग्रेस पर्सा क्षेत्र नं १ का सभापति विजय सर्राफको नेतृत्वमा रहेका नेता कार्यकर्ताहरुले बिहान साढे ११ देखि दिउँसो साढे ३० सम्म धर्ना दिएका हुन् ।
कांग्रेस क्षेत्रीय समितिले विभिन्न माग राखेर वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई ज्ञापनपत्र समेत बुझाएको नेविसंघका नेता दिलिपराज कार्कीले जानकारी दिए ।
ज्ञापनपत्रमा छिटोभन्दा छिटो लामखुट्टे नियन्त्रण गर्नुपर्ने, ट्राफिक र फोहोर व्यवस्थापन गर्नुपर्ने माग राखिएको छ ।
‘लामखुट्टेले नगरवासीले सास्ती भोगिरहेका छन् महानगरलाई वास्तै छैन, ई-रिक्सा अत्याधिक भएर नगरमा जाम बढेको छ व्यवस्थित गरिएको छैन ।’ काँग्रेसका क्षेत्रीय अध्यक्ष सर्राफले भने ‘ अर्कोतिर मितेरी पुलदेखि गण्डकसम्म मुख्य सडकमै खुल्ला मासु बिक्रि गरेर नगरलाई कुरुप पार्ने काम भएको छ । बाहिरको मानिस आउँदा नराम्रो सन्देश गईरहेको छ ।’
महानगर जनस्वास्थ्यका सवालमा गम्भीर नदेखिएकोले ध्यानाकर्षण गराएको र नगर प्रमुख पनि सकारात्मक देखिएको उनको भनाइ छ ।
महानगर भन्छः औषधि छर्न शुरु भइसक्यो
वीरगञ्ज महानगरपालिका कार्यालयले भने लामखुट्टे नियन्त्रणका लागि काम शुरु भइसकेको जनाएको छ ।
कार्यालयका अनुसार शुक्रबारबाटै लामखुट्टे नियन्त्रणका लागि औषधि छर्ने काम शुरु भइसकेको हो ।
महानगरले औषधि भनेपनि लामखुट्टे नियन्त्रणका लागि ‘मालाथिन’ नामक औषधि छर्ने चलन छ ।
महानगरपालिकाका सरसफाइ शाखाका प्रमुख अधिकृत राज ताम्राकारले लामखुट्टे नियन्त्रणका लागि काम शुरु भइसकेको छ । ‘विगतका वर्षहरुमा भन्दा केहि ढिला त भएकै हो तरपनि औषधि छर्कने काम शुरु भइसकेको छ । शुक्रबार पहिलो दिन भएकोले थोरै ठाउँमा मात्रै औषधि छर्कन सक्यौं ।’
एकदुई दिनमै सबै वडामा समान वितरण गरेर नालामा स्प्रे र फगिङ गरिने उनको भनाइ छ । ‘वडा वडामा औषधी छर्कने समान वितरण गर्ने तयारी भइरहेको छ । त्यसपछि सबै वडामा एकैपटक काम शुरु हुन्छ ।’ उनले भने ।
वीरगञ्जमा अत्याधिक लामखुट्टे लाग्ने भएकोले गर्मी शुरु हुँदा र गर्मी सकिने समय गरी वर्षमा दुईपटक औषधि छर्ने गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया