धेरै ठाउँमा मेघगर्जनसहित वर्षा : केही राजमार्गमा पहिरो जाने सम्भावना

विदुर खबर २०७६ भदौ १४ गते ७:३६

नुवाकोट । देशका धेरै ठाउँमा  शुक्रबार रातिदेखि नै मेघगर्जनसहित पानी परिरहेको छ ।

Advertisement

मनसुन कमजोर भए पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले धेरै ठाउँमा शुक्रबार रातिदेखि नै पानी परिरहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अझै केहीबेर पानी पर्नेछ । दिउँसो केहीबेर पानी पर्न रोकिए पनि फेरि पानी पर्ने सम्भावना छ । तर लगातार पानी पर्ने वा झरीको सम्भावना भने नरहेको उहाँले जानकारी दिनुभयो । पानी परेपछि शनिबार चुरेबाट बहने नदीमा बाढी आउन सक्ने भन्दै नदी आसपास हिँडडुल गर्दा सतर्क हुन उहाँको सुझाव छ ।

यस्तै शनिबार सिन्धुपाल्चोकको बाह्रबिसे र आसपास तथा चितवनको कालीखोला र आसपास ठूलो पानी परेकाले बाह्रबिसेलगायत सिन्धुपाल्चोकको कोदारी राजमार्ग, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला आसपास पहिरो जान सक्ने भएकाले यात्रा गर्दा सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Advertisement

प्रतिक्रिया