गेर्खु चार दिनदेखि अन्धकारमा, प्राधिकरणका प्रमुख भन्छन जानकारी छैन

विदुर खबर २०७६ भदौ १० गते २१:१७

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ११ को गेर्खु विगत चार दिनदेखि अन्धकार भएको छ ।

Advertisement

गाउँमा रहेको ट्रान्समिटर शनिवार पड्किएपछि गाउँ पुरै अन्धकार भएको हो । ट्रान्समिटर पड्किएपछि वडा नम्बर ११ को माझ गेर्खु, बोरु गाउँ ,खत्री गाउँ लगायतका स्थान अन्धकार भएको स्थानिय रमेश पौंडलले बताए । गाउँमा बत्ति नहुँदा बिशेष गरि वृद्धवृद्धा र बुढाबुढी बढी प्रभावित भएको पौडेलले जानकारी दिए । त्यस्तै गाउँमा विद्युत नहुँदा धान कुट्ने मिल, काठ चिर्ने मिल समेत ठप्प भएको स्थानियबासीले बताएका छन ।

ट्रान्समिटर पड्केर गाउँ अन्धकार भएको भन्दै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रमा जानकारी गराउँदा समेत आफुहरुको माग शुनुवाई नभएको स्थानियबासीहरुले गुनासो गरेका छन । गाउँमा बत्ति नहुँदा मोबाईल अफ भएको छ, सारा काम प्रभावित भयो स्थानिय राजन प्याकुरेलल भने ।

Advertisement

यता गाउँमा ४ दिनदेखि बत्ति नभएकोबारे जानकारी लिन खोज्दा नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख सन्तोष झाले आफुलाई जाकनारी नभएको बताए । उनले आफु एकसातादेखि विदामा रहेको र सोमबार कार्यालय समयमा आफुलाई फोन गर्न आग्रह गरे । त्यस्तै वडा नम्बर ११ का वडाअध्यक्ष तोयानाथ तिम्सिनाले गाउँमा ट्रान्समिटर पड्केर गाउँ अन्धकार भएको भन्दै सम्बन्धित निकायलाई र्ममतको लागि ताकेदा गरिरहेको बताए ।

यातायातका साधनको सम्पर्कबाट दुई महिनादेखि विच्छेद भएको गेर्खुमा गाउँ अन्धकार हुँदा स्थानियबासीले थप सास्ती व्यहोर्न बाध्य भएका छन ।

Advertisement

प्रतिक्रिया