प्रदेश नं ३ को हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने
नुवाकोट, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक स्थानीय तहमा एक÷एक वटा उद्योग ग्राम स्थापना गरिने बताउनुभएको छ ।
महिला उद्यमी मेलाको समापन गर्दै उहाँले प्रदेश सरकार महिला उद्यमीको मनोबल बढाउन तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री पौडेलले हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने धारणा राख्नुभयो । समृद्धि कराएर वा रटान दिएरमात्रै प्राप्त नहुने बताउँदै उहाँले उद्यम नगरे समृद्धि नआउने उल्लेख गर्नुभयो । उहाँले महिलाले सञ्चालन गरेका उद्यमलाई पुरुषको सक्दो सहयोग हुनुपर्ने धारणा राख्नुभयो । नेपाली उत्पादनको लागत बढी भएकाले उहाँले लागत कम गर्न आवश्यक सीप वा प्रविधि भित्र्याउन आवश्यक रहेकामा जोड दिनुभयो ।
प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले महिला उद्यमीलाई विनाधितो ऋण दिनुपर्ने धारणा राख्नुभयो । उहाँले विदेशी उत्पादन भित्र्याउनेभन्दा पनि नेपाली उत्पादनलाई विदेशी बजारमा पु¥याउन पहल गरिनुपर्ने बताउनुभयो । अर्का प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले महिला साच्चै नै इमान्दारितापूर्वक व्यवसाय सञ्चालन गर्छन् भन्ने कुरा धेरै उदाहरणले पुष्टि गरिसकेकाले उनीहरुको उद्यमशीलतालाई थप विकसित बनाउन विना हिच्किचाहट लगानी गर्न वित्तीय संस्थालाई अनुरोध गर्नुभयो ।
प्रतिक्रिया