नेकपा नुवाकोट पुर्व एमालेको कब्जामा, १२ मध्ये ५ स्थानिय तह माओवादीलाई

विदुर खबर २०७६ भदौ ६ गते २०:५६

नुवाकोट, नेपाल कम्युनिष्ट पार्टी नुवाकोटमा पुर्व एमालेहरुले कब्जा जमाएका छन ।

Advertisement

बिहिबार र शुक्राबार काठमाण्डौमा सम्पन्न बैठकले नुवाकोटमा रहेको १२ स्थानिय तहमध्ये ७ ओटा पुर्व एमालेलाई दिने निर्णय गरेको छ भने ५ स्थानिय तह पुर्व माओवादीलाई दिने निर्णय गरेको छ । त्यस्तै बैठकले पुर्व माओवादी अध्यक्ष रहेको स्थानिय तहमा पुर्व एमाले सचिव र पुर्व एमाले अध्यक्ष रहेको स्थानिय तहमा पुर्व माओवादीलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले जानकारी दिए ।

पुर्व एमालेको भागमा विदुर नगरपालिका सहित तादी गाउँपालिका,लिखु गाउँपालिका,सुर्यगढी गाउँपालिका,दुप्चेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन । त्यस्तै पुर्व माओवादीलाई बेलकोटगढी नगरपालिका,ककनी गाउँपालिका,शिवपुरी गाउँपालिका, म्यागङ गाउँपालिका र पन्चकन्या गाउँपालिकाको जिम्मा दिइएको छ । त्यस्तै बैठकले निर्वाचन क्षेत्र नम्बर १ पुर्व एमालेलाई र क्षेत्र नम्बर २ पुर्व माओवादीलाई दिने निर्णय गरेको छ ।

Advertisement

बैठकले ४९ जना सचिवालय सदस्यको लागि २५ जना पुर्व एमाले र २४ जना पुर्व माओवादीको तर्फबाट रहने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया