३८० सम्पदाको पुनःनिर्माण सम्पन्न
नुवाकोट, चार वर्षअघिको भूकम्पबाट क्षतिभएका ८९१ वटा पुरातात्विक एवं सांस्कृतिक महìवका सम्पदामध्ये ३८० वटाको पुनःनिर्माण सम्पन्न भएको छ ।
पुनःनिर्माण सम्पन्न भएकामध्ये विश्व सम्पदा सूचीमा सूचीकृत नौ सम्पदास्थलका ९६ वटा मूर्ति, मठमन्दिरको पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको जानकारीअनुसार, भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ७५३ र अन्य भूकम्प प्रभावित १७ जिल्लाका १३८ वटा सम्पदा क्षतिग्रस्त भएका थिए । यी सम्पदाको पुनःनिर्माणमा २ अर्ब १२ करोड ६२ लाख रुपियाँ खर्च भएको जनाइएको छ ।
प्राधिकरणका अनुसार, हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनःस्थापना तथा तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेका छन् । त्यसैगरी, भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी, नारायण, शङ्रनारायण लगायत मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएका छन् । यस्तै, चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहार लगायतका सांस्कृतिक सम्पदाको पनि पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनः स्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनः निर्माण भएको छ । ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्यसमेत गरिएको छ । त्यसैगरी थापाथलीस्थित जङ्गहीरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपालगायतका पुरातात्विक सम्पदाहरूको पुनःनिर्माण भइसकेको छ । पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमका अनुसार, चालू आर्थिक वर्षमा १५० वटा सम्पदाको पुनःनिर्माण गर्ने कार्यक्रम रहेको छ । हाल पुनःनिर्माण भइरहेका सम्पदाहरूमा रानीपोखरी, धरहरा, वसन्तपुरस्थित काष्ठमण्डप, नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित सात तले दरबारलगायत छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया