सुनको मूल्य हालसम्मकै नयाँ उचाइमा

विदुर खबर २०७६ साउन १७ गते १६:१६

नुवाकोट, सुनको मूल्य शुक्रबार हालसम्मकै नयाँ उचाइमा पुगेको छ। बिहीबार ६५ हजार रुपैयाँमा खरिद बिक्री भएको छापावाला सुनको मूल्य शुक्रबार एकैदिन ८०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।बुधबार ६५ हजार ४०० भाउ रहेको सुनको मूल्य घटेर बिहीबार ६५ हजारमा कारोबार भएको थियो।

Advertisement

नेपाल सुनचाँदी माहासंघको अनुसार साउन १७ गते शुक्रबार छापावाला सुन ६५ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो नेपाली बजारमा सुनको हालसम्मकै महंगो मुल्य हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।  यसअघि साउन १० गते शुक्रबार छापावाला सुन प्रतितोला ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

महासंघले शुक्रबार प्रति १० ग्राम छापवाला सुनको मूल्य ५६ हजार ४१५ रुपैयाँ कायम गरेको छ भने तेजाबी सुनको मूल्य प्रति १० ग्राम ५६ हजार १६० रुपैयाँ छ । त्यस्तै आज चाँदीको मुल्य भने स्थिर छ । शुक्रबार चाँदी अघिल्लो दिनको मुल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

प्रतिक्रिया