धुर्मुस-सुन्तलीले ‘छल-कपट’ बनाउने
विदुर खबर
२०७६ साउन १३ गते ९:२६
दीपकराज गिरी र दीपाश्री निरौला समुहले निर्माण गरेको फिल्म ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा निर्माताको रुपमा रहेका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अब आफैं फिल्म निर्माणमा होमिँदैछन् । लामो समयदेखि दुईले फिल्म निर्माण गर्ने चर्चा चलेता पनि अब भने चाँडै छायांकन सुरु हुने भएको छ । ‘धुर्मुस-सुन्तली’ ले भरतपुरमा क्रिकेट रंगशाला र फिल्म निर्माणलाई सँगै लैजान लागेका हुन् ।स्क्रिप्टमा काम भइरहँदा फिल्मको नाम ‘एन्टी-भाइरस’ जुराइएको थियो । तर, पछि ज्योतिषले ‘एस’ बाट नाम जुराउन सल्लाह दिएपछि ‘धुर्मुस-सुन्तली’ ले फिल्मको नाम ‘सेन्टी–भाइरस’ बनाए । अब फेरि फिल्मको नाम परिवर्तन भएको छ । दीपक-दीपालाई फापेको ‘छ’ नामबाटै फिल्मको नामाकरण गरिएको छ । ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने फाइनल भएको फिल्मको नाम ‘छल-कपट’ राखिएको छ । 

भाद्र १३ मा रामबाबु निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुँदैछ । यो फिल्म प्रदर्शनमा आएपछि ‘छल-कपट’ को छायांकन सुरु हुने बताइएको छ । फिल्ममा ‘धुर्मुस-सुन्तली’ कै प्रमुख भूमिका रहने निश्चित भइसकेको छ । कमेडी जनरामा निर्माण हुने फिल्ममा अभिनेता दयाहाङ राईको पनि अभिनय रहनेछ । तर, फिल्ममा उनको केमियो मात्र हुने निर्देशक रामबाबुले बताएका छन् ।
यसअघि रामबाबुले निर्देशन गरेका फिल्ममा दयाहाङले केमियो भूमिकामा काम गरेका छैनन् । उनी नै सेन्ट्रल क्यारेक्टरमा हुने गरेका छन् । यसकारण ‘धुर्मुस-सुन्तली’ को फिल्ममा पनि उनको प्रमुख भूमिका हुने स्रोत बताउँछ । फिल्ममा उनलाई प्रमुख भूमिकामा भित्राउन रामबाबुले स्क्रिप्टमा गतिलै कसरत गरिरहेको जानकारी प्राप्त छ । ‘छल-कपट’ का लागि अन्य कलाकार र प्राविधिक लाइनअप पूरा हुन बाँकी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया