लोकसेवा आयोगको विज्ञापन सच्याउन माग गर्दे विदुरमा प्रर्दशन
नुवाकोट साउन ४, लोकसेवा आयोगको विज्ञापन सच्याउन र समावेशी बनाउन माग गर्दे आदिवासी जनजाति महासंघ, दलित गैसस महासंघ, तराई मधेस राष्ट्रिय परिषद, राष्ट्रिय अपाङ्ग महासंघ लगायतले शनिवार दिउँसो विदुरमा जन प्रर्दशन गरेका छन ।
नेपाल आदीवासी महासंघ जिल्ला समन्वय परिषद नुवाकोटको आयोजनामा भएको जन प्रर्दशनमा बोल्दै नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले सरकारको आफ्नै निर्णयमा पनि २४ पनि टिक्न नसकेको भनदै सरकारले तत्काल लोकसेवाको विज्ञापन खारेज गरि नयाँ विज्ञापन खुलाउनु पर्ने बताए । नेपाल आदीवासी महासंघ जिल्ला समन्वय परिषद नुवाकोटका अध्यक्ष भगवान रानामगरले आफुहरुको मागलाई सरकारले सम्बोधन नगरे पछुताउनु पर्ने बताए ।
लोकसेवा आयोगले देशभरिका स्थानीय तहहरुमा सामान्य प्रशासन समूह र लेखा समूहतर्फ अधिकृत र सहायकतर्फ समेत गरी ९ हजार १६१ सीटका लागि विज्ञापन खोलेर आवेदन माग गरेपछि यो विवाद सुरु भएको हो । लोकसेवाको विज्ञापन संविधानले प्रत्याभूत गरेको समावेशी राज्यको अवधारण विपरीत भएको र यसले खस आर्यलाई प्राथमिकतामा राखेको गुनासोसहित आदिवासी जनजातिले आन्दोलन थालेका हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया