नुवाकोट साउन २, पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग र संगठन विभागको प्रमुख बन्ने दौड नेकपाभित्र सुरु भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभागमा सहमति जुटेको हो । यस सहमतिसँगै पार्टी एकताको कामले पूर्णता पाउने भएको छ । पार्टीभित्र सबैभन्दा शक्तिशाली मानिएको संगठन विभागको प्रमुख कसलाई बनाउने भन्ने विषय सर्वाधिक चर्चामा छ । संगठन विभागको प्रमुखमा सचिवालय सदस्य वामदेव गौतमले दावी गर्दै आउनुभएको छ । पछिल्लो समयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीप्रति असन्तुष्ट रहेका गौतमलाई प्रचण्डले साथ दिनुभएको छ ।
संगठन विभागको प्रमुखमा सचिवालय सदस्य रामबहादुर थापा र सचिवालय सदस्य ईश्वर पोखरेल पनि दौडमा रहनुभएको छ । तर शीर्ष नेताहरुबीच गौतमलाई संगठन विभागको प्रमुख बनाउने सहमति जुटेको बताइएको छ । महाधिवेशनअघि पार्टी संगठनमा पकड जमाउन संगठन विभाग प्रमुखको भूमिका निर्णायक हुने भएकाले पनि अध्यक्षद्वयले नै संगठन विभागको प्रमुखमा आफू निकटका नेताहरुलाई ल्याउने गृहकार्य नेकपाभित्र सुरु भएको छ । पार्टीको विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधव नेपाल रहने सहमति भएको बताइएको छ भने अध्यक्ष विभागको प्रमुखमा भागवण्डा अनुसार दुवै अध्यक्षले व्यक्तिको नाम टुंगो लगाउने गृहकार्यमा रहनुभएको छ । नेकपाका ३२ वटा विभागमध्ये १८ वटामा पूर्वएमाले र १४ वटामा पूर्वमाओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति जुटेको थियो । संगठन र विदेशमा एमाले तथा अर्थ र प्रचारमा माओवादीले प्रमुख लिने सहमति भएको छ । ३५ जना सदस्य रहने हरेक विभागमा २० जना पूर्वएमाले र १५ जना पूर्वमाओवादीबाट रहने सहमति अध्यक्ष द्धयबीच भएको छ ।
संगठन विभागको प्रमुख नपाएको अवस्थामा सचिवालय सदस्य ईश्वर पोखरेले स्कुल विभागको प्रमुख पाउनुपर्ने लविङमा रहनुभएको स्रोतको दावी छ । सहमतिअनुसार जिल्ला इन्चार्ज पूर्वएमालेले ४४ र पूर्वमाओवादीले ३३ लिन भागबण्डा भएको छ । पार्टी एकीकरण भएको चौध महिनापछि नेकपाले संगठन विभागको प्रमुखको टुंगो लगाउन लागेको हो । नेकपाको आगामी साउन ५ गते बस्ने बैठकले संगठन विभागको प्रमुखहरु र ७७ वटा जिल्लाको इन्चार्ज र सह–इन्चार्जको नामावली घोषणा गर्नेछ ।













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया