२३ फागुन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न थालेको अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले बताए ।एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उनी अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा छिन् ।
‘केही दिनअघि अखिलको स्थायी कमिटी बैठकमा समेत उहाँले आफू प्रतिनिधिसभाको सदस्यको भइसकेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्ने कुरा बताउनुभएको थियो’ उनले भने ।
अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) बीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न लागेकी हुन् । विसं २०७२ माघ २८ गते अनेरास्ववियूको २२ औं राष्ट्रिय महाधिवेशनबाट लामाको नेतृत्व दुई वर्षका लागि निर्वाचित भएको थियो ।
लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मी आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा छन् ।













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा





प्रतिक्रिया