देशका अधिकांश स्थानमा आज वर्षाको सम्भावना
विदुर खबर
२०७६ असार ७ गते २:४२
नुवाकोट असार ७, देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। मौमस पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भू–भागमा समान्यतया बदली र पश्चिमी भू–भागमा आंशिक बदलीको सम्भावना छ।
साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। पूर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।
यस्तै, राति देशभर आंशिक बदली रही मध्य तथा पूर्वका धेरैजसो स्थानमा साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
सम्बन्धित
प्रतिक्रिया