‘अभिनयकी रानी’ नम्रताले तत्काल विहे नगर्ने रे ।
विदुर खबर
२०७६ असार १ गते ४:२८
नुवाकोट असार १, अभिनेत्री नम्रता श्रेष्ठलाई ‘अभिनयकी रानी’ भन्ने गरिन्छ । उनको जीवन्त अभिनयले धेरैलाई लोभ्याउने गरेको छ । उनको सुन्दरताका प्रशंसक पनि धेरै छन् । शुक्रबारबाट ३२ वर्ष पूरा गरेकी उनको पछिल्लो रिलिज फिल्म ‘प्रसाद’ हो । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्यो । नम्रताको अभिनयको पनि गबजकै प्रशंसा भयो ।
फिल्म छनोटमा निकै चुजी मानिने उनले आफ्नो डेढ दशक लामो फिल्म करिअरमा थुप्रै सम्झनलायक फिल्म गरेकी छन् । फिल्म ‘मेरो एउटा साथी छ’ उनको करिअरको ‘टर्निङ पोइन्ट’ साबित भएको थियो । यसपछि उनले करिअर फर्किएर हेर्नुपरेको छैन । पर्दामा अभिनेता आर्यन सिग्देलसँग उनको जोडी सबैभन्दा फिट मानिन्छ ।
‘प्रसाद’ पछि नम्रता अभिनीत कुनै फिल्म रिलिज भएका छैनन् । न त कुनै नयाँ फिल्म साइन नै गरेकी छन् । उनको पाइपलाइनमा रहेको फिल्म ‘जाइरा’ आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । फिल्मका लागि उनले आफ्नो लोभलाग्दो कपाल समेत छोट्याएकी थिइन् ।
उनी यो फिल्मबाट निकै आशावादी रहेको बताउँछिन् । आशुतोष राज श्रेष्ठ यसका निर्देशक हुन् । अब्बल अभिनयका कारण चर्चामा रहने नम्रता केही वर्षयता पर्यटन व्यवसायी दावा शेर्पासँगको प्रेममा रमाइरहेकी छन् । उनीहरुको प्रेम खुल्ला किताबझैँ छ । प्रायः सार्वजनिक कार्यक्रममा नम्रता प्रेमी दावाकै साथमा पुगेकी हुन्छिन् ।
आफ्नो ३३ औं जन्मदिनमा नम्रताले आफू तत्काल बिहे गर्ने सोचमा नभएको बताएकी छन् । उनले भनिन्, ‘अझै मलाई केही राम्रा फिल्म गर्नुछ । बिहे गर्नेबारे अहिले केही सोचेकी छैन ।’ ‘जाइरा’ मा फाइटर बनेकी नम्रताले बाल्यकालमा भने आफू झगडालु स्वभावको रहेको स्मरण गरिन् । ‘जाइरा’ ले आफूलाई बाल्यकालमा फर्काएको पनि उनी बताउँछिन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया