नुवाकोटका निर्माण व्यवसायीको आन्दोलन स्थगित
नुवाकोट जेठ २९, सरकारले गत वैशाख ३० गते राजपत्रमा प्रकाशित गरेको सार्वजनिक खरिद (छैठौ शंशोधन) नियमावलीमा समावेश केही बुँदाहरुप्रति आपत्ति जनाउँदै आईतबारबाट वोलपत्र र दरभाउपत्र वहिस्कार गरेका निर्माण व्यवसायिहरुले मंगलबारबाट वोलपत्र र दरभाउपत्र वहिस्कार स्थगित गरेका छन ।
आफुहरुको मागप्रति सरकार सकरात्मक हुँदै गत वैशाख ३० गते राजपत्रमा प्रकाशित गरेको सार्वजनिक खरिद (छैठौ शंशोधन) नियमावलीमा समावेश केही बुँदाहरु सरकारले शंसोधन गरेको भन्दै आफुहरुको आन्दोलन स्थगित भएको नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले जानकारी दिए । संघका महासचिव रमेशकुमार वस्नेतले मंगलबार एक विज्ञप्ती जारी गर्दै सार्वजनिक खरिद (छैठौ शंशोधन) नियमावलीमा समावेश केही बुँदाहरु संशोधन गरिएको हुँदा हाललाई वोलपत्र र दर भाउपत्र वहिस्कारका कार्यक्रम फिर्ता लिएको उल्लेख गरेका छन । विज्ञप्तीमा विरोधका कार्यक्रम सकिएको हुँदा सबै निर्माण व्यवसायीलाई काममा फर्कन समेत आग्रह गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक





प्रतिक्रिया