विष्फोटका घटना दुःखद् : कांग्रेस
नुवाकोट जेठ १३, काठमाडौँका विभिन्न स्थानमा आइतबार भएको बम विष्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार नै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो।
लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकासमा सबै ऐक्यबद्ध ढंगले अघि बढ्नुपर्ने बेला यस्ता घटना हुनुलाई नेपाली कांग्रेसले अत्यन्तै दुःखद् रुपमा लिएको समेत विज्ञप्तिमा भनिएको छ।
घटनाले नेपालीको चाहनालाई मर्माहत बनाएको विज्ञप्तिमा भनिएको छ। ललितपुरमा केही महिनाअघि भएको हत्या, भोजपुरमा जेठ ७ मा राज्यले गरेको ‘फेक इन्काउन्टर’ काठमाडौँमा आइतबार भएको घटनाले समग्रमा शान्तिपूर्ण संवादभन्दा समाधानको अर्को विकल्प छैन भनेर प्रष्ट्याएको छ।
‘मृतकको चिरशान्तिको कामना गर्दै सबै घाइतेहरुको सम्पूण उपचार गर्न नेपाल सरकार समक्ष आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु





प्रतिक्रिया