श्रीराम श्रेष्ठद्धारा लिखित आगोको लप्का हाइकु संग्रह विमोचन

विदुर खबर २०७६ वैशाख ८ गते २:२२

नुवाकोट वैशाख ८, साहित्यकार श्रीराम श्रेष्ठद्धारा लिखित आगोको लप्का हाइकु संग्रह शनिवार विदुरमा एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ ।

Advertisement

हाइकु संग्रहको विमोचन मेघाङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेल,साहित्यकार श्रीराम श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका सचिव उपेन्द्र बुढाथोकी, पत्रकार शिव देवकोटा र समाजसेवी रामकृष्ण भट्ट लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए । विमोचन कार्यक्रममा हाइकु संग्रहको समालोचनात्मक टिप्पणी गर्दै टिप्पणीकर्ता मुकुन्दराज अर्यालले हाइकु स्रग्रह नेपालकै अग्रणी हाइकु संग्रह रहेको बताए ।

त्यस्तै अर्काे टिप्पणीकार तथा शिक्षक रामप्रसाद चालिसेले हाइकु संग्रहमार्फत साहित्यकार श्रेष्ठले धेरै कुराहरुलई व्यङ्ग्य प्रहार गरेको बताए । त्यस्तै सो कार्यक्रममा पत्रकारका शिव देवकोटाले श्रेष्ठको हाइकुले नुवकोटको साहित्यमा नयाँ आयाम थप्ने बताए । उनले नुवाकोको साहित्यमा पछिल्लो समयमा साहित्य प्रतिष्ठानले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा हाइकुका सर्जक श्रेष्ठले आगो विना मानज जीवनको सार्थक नहुने आगोको गरिमा बुझ्न तथा आगोको श्राद्ध गर्न हाइकु संग्रहको नाम आगोको लप्का राखिएको बताए । आगोको लप्का विमोचन कार्यक्रममा प्रमिला परी,श्रीधर पाण्डे, रामराजा तिमिल्सेना, जानुका दाहाल लगायतले विभिन्न किसिमका रचनाहरु प्रस्तुत गरेका थिए ।

Advertisement

प्रतिक्रिया