रसुवामा भुकम्प मापन स्टेसनको निर्माण हुँदै
रसुवामा जिल्लामा भुकम्प मापन स्टेसन केन्द्रको निर्माण हुने भएको छ ।
सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशको सहयोगमा बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गर्न लागेको हो । जसमध्ये चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र राइम्सको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको हो ।
चीन सरकारको सहयोगमा सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा, दार्चुलालगायत जिल्लामा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको छ । त्यस्तै, जापान सरकारको सहयोगमा सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा तथा रायम्सको सहयोगमा महोत्तरी र दाङमा स्टेशन निर्माण हुन लागेको छ । २०३७ सालमा फूलचोकी डाँडामा पहिलो भूकम्प मापन स्टेशन स्थापना भएका थिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले स्टेशन निर्माण भएपछि नेपालभरका भूकम्पको डाटा मापन गर्न सहज हुने बताउनुभयो । “धेरै स्टेशन निर्माण भएसँगै सानाभन्दा साना भूकम्पको समेत मापन गर्न सहज हुन्छ,” उहाँले भन्नुभयो । २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि नेपालमा चार रिक्टर स्केलभन्दा माथिका ५०० भन्दा बढी र चार रिक्टर स्केलभन्दा साना ५० हजारभन्दा धेरै भूकम्प गइसकेको केन्द्रले जनाएको छ । हाल राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतबाट देशरभरको भूकम्पका बारेमा जानकारी लिँदै आइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया