विदुरका चार वटा सडक पुनर्निर्माण गर्न ४२ करोड रुपैयाँ बजेट विनियोजन
नुवाकोट । गत भदौ १० गते त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका विदुर नगरपालिका भित्रका विभिन्न चार वटा सडकको पुनर्निर्माण तथा वैकल्पिक मार्ग निर्माणका लागि संघीय सरकारले ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

स्थानीय सरकार विदुर नगरपालिकाले पेस गरेको प्रस्तावका आधारमा संघीय सरकारले उक्त बजेटको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका उपप्रमुख प्रभा बोगटीका अनुसार बाढीले क्षतविक्षत बनाएका सडकहरूको पुनर्निर्माण र वैकल्पिक मार्ग निर्माण गर्न यो रकम खर्च गरिनेछ।
यस पहलबाट बाढी प्रभावित क्षेत्रका नागरिकलाई आवागमनमा सहजता हुनुका साथै स्थानीय विकास र समृद्धिमा समेत टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ।
विनियोजित बजेटलाई यथाशीघ्र कार्यान्वयनमा लैजान सबै पक्षको साथ, समन्वय, सहकार्य र सकारात्मक भूमिका आवश्यक रहेको उपप्रमुख बोगटीले बताइन् ।
बजेट विनियोजन भएका सडकहरुमा छत्रेखोला–रणभुवनेश्वरी–मान्द्रेढुंगा–गौरीबेंसी–कालीखोला–माझीगाउँ–कोलोनी–आगापुटार–तुप्चे भित्रीनिटार–सिस्नेचौर–च्याम्पेस्वारा सडक १५ करोड रुपैयाँ रहेकाे छ । यस्तै विदुर–७ आक्करे हुँदै छिपिटार, चापाबोट, सोले हुँदै किस्पाङ–५ जोड्ने सडकमा १० करोड रुपैयाँ बजेट विनियाेजन गरिएकाे छ ।

त्यस्तै तुप्चे–सिस्नेचौर–च्याम्पेस्वारा–किस्पाङ सडकमा १० करोड रुपैयाँ र गेर्खुटार–गेर्खु–बरभन्ज्याङ–छापटार–केराघारी–बेत्रावती सडक: ७ करोड रुपैयाँ बजेट विनियाेजन गरिएकाे छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









विदुरका चार वटा सडक पुनर्निर्माण गर्न ४२ करोड रुपैयाँ बजेट विनियोजन
विदुरका सामुदायिक विद्यालयहरू अब आइतबार पनि खुल्ने
तारकेश्वरका तीन सडक स्तरोन्नतिका लागि ४३ करोड बजेट निकासा
डिएनएको बहानामा भोटेकोसी बाढीपीडितलाई थप पीडा
भोटेकोशी बाढीको ९० दिन : न पुल बन्यो, न विस्थापितको पुनर्वास





प्रतिक्रिया