बच्छला माविका २३८ विद्यार्थीलाई न्यानो कपडा वितरण

विदुर खबर २०८३ मंसिर ६ गते २२:०३

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ शिखरवेशीमा रहेको बच्छला माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।

आइतवार विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीच समाजसेवी शुशिल खड्काले विद्यालयमा अध्ययनरत झण्डै २ सय ३८ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका हुन् । चिसो मौसम सुरु भएसँगै विद्यार्थीहरूलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले खड्काले उक्त सहयोग उपलब्ध गराएका हुन् ।

न्यानो कपडा वितरण कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापा, उपाध्यक्ष माकुरी तामाङ तथा पूर्व गाविस सभापति राजकुमार पण्डितको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापा लगायतका अतिथिहरूले दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी समाजसेवी खड्काले गरेको मानवीय कार्यको प्रशंसा गरेका थिए ।

त्यस्तै पूर्व गाविस सभापति राजकुमार पण्डितले जाडाेकाे समयमा न्यानाे कपडा वितरण गर्दा विद्यार्थीहरू लाभान्वित हुने बताए । यस्तै खड्काले आगामी दिनमा समेत विद्यालयलाइ आवश्यक सहयाेग गर्न तयार रहेकाे बताए ।

न्यानो कपडा प्राप्त गरेसँगै विद्यार्थी तथा अभिभावकहरू हर्षित भएका छन् ।

प्रतिक्रिया