त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पुनर्निर्माणमा एनसेल फाउन्डेसनले सघाउने
विदुर खबर
२०८३ मंसिर ६ गते २१:४०
नुवाकोट । गत भदौमा आएको भोटेकोशी बाढीका कारण क्षतिग्रस्त बनेको नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको मर्मतसम्भार तथा पुनर्निर्माणका लागि एनसेल फाउन्डेसन र विदुर नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बाढीले क्याम्पसको भवन तथा भौतिक संरचनामा गम्भीर क्षति पुर्याउँदा पठनपाठन प्रभावित भएको थियो ।
विद्यार्थीहरूको पढाइलाई नियमित र सहज बनाउन एनसेल फाउन्डेसनले क्याम्पसको आवश्यक मर्मतसम्भारमा सहयोग गर्ने भएको हो ।
यो सहयोगबाट क्याम्पसमा अध्ययनरत ३ सयभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुनेछन् ।
संरचनाको मर्मतपछि विद्यार्थीहरूलाई सुरक्षित वातावरणमा नियमित पठनपाठन सुचारु गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









बच्छला माविका २३८ विद्यार्थीलाई न्यानो कपडा वितरण
त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पुनर्निर्माणमा एनसेल फाउन्डेसनले सघाउने
“हल्ला नगर्नु है” भन्दै भुजेल रास्वपा प्रवेश गरेको पुष्टि
तुप्चेका रिजालले सामाजिक सेवामार्फत जन्मदिन मनाए
विद्युतीय तुइन सञ्चालनका लागि लायन्सद्वारा जेनेरेटर सहयोग





प्रतिक्रिया