भोटेकोशीको महाप्रलय र जाडोको कहर : राहत कोषको तमासा होइन, अब चाहियो झोलुङ्गे पुल
भोटेकोशीको त्यो कहालीलाग्दो महाप्रलयले छोडेका घाउहरू अझै ताजा छन् ।

प्रियजन गुमाएको पीडा, घरबास उठेको व्यथा र अनिश्चित भविष्यको भारी बोकेर बाँचिरहेका पीडितहरूमाथि अहिले अर्को ठूलो विपद् आइलागेको छ— मुटु कमाउने जाडो । आकाशबाट शीत खस्न थालेको छ, चिसो सिरेटोले जनजीवन कक्र्याउन थालेको छ, तर पीडितहरूको ओत लाग्ने ठाउँ अझै पनि त्यही पातलो प्लास्टिकको त्रिपाल बनेको छ ।
यस्तो संवेदनशील घडीमा समाजमा एउटा अनौठो र देखावटी ‘फेसन’ मौलाएको छ— भोटेकोशीका पीडितको सहयोगार्थ भनेर सरकारी कोषमा रकम जम्मा गर्ने होडबाजी । तामझामसहित चेक हस्तान्तरण गर्ने, सामाजिक सञ्जालमा तस्बिर राख्ने र दाताको तक्मा भिर्ने काम त खुब चल्यो । तर, विडम्बना त यो छ कि ती संकलित कोषहरूबाट पीडितहरूको हातमा एक पैसा पनि पुग्न सकेको छैन ।
कागज र खातामा रकम थुप्रिएको छ, तर पीडितको चुल्हो र ओछ्यान रित्तै छ । राहतको नाममा भइरहेको यो औपचारिकता र ढिलासुस्तीले पीडामाथि पीडा थप्ने काम मात्र गरेको छ ।

अझ गम्भीर र संवेदनशील विषय त आवतजावतको संकट हो । बाढीले बगाएका संरचनाहरू अझै नबन्दा त्रिशूली पारिका बस्तीहरू आज राज्यको मूल प्रवाह र दैनिक जनजीवनबाटै काटिएर ‘कर्णाला’ जस्ता बनेका छन् ।
त्यहाँका बासिन्दाहरू आफ्नै भूगोलमा, आफ्नै आँखाअगाडिको बस्ती र बजार पुग्न नसकेर ‘कर्णालीबासी’ को नियति भोग्न बाध्य छन् । सामान्य किनमेल होस्, बिरामी पर्दा अस्पताल पुग्नुपर्ने बाध्यता होस् वा बालबच्चाको पढाइ र दैनिक मजदुरी— पुल नहुँदाको सास्तीले त्यहाँको जनजीवनलाई कष्टकर बनाएको छ ।
यदि साँच्चै नै भोटेकोशीका पीडितप्रति सहानुभूति छ र उनीहरूलाई वास्तविक राहत दिन चाहने हो भने अब भाषण, आश्वासन र कोषमा रकम थुपार्ने कर्मकाण्ड बन्द गरौँ । पीडितलाई तत्काल चाहिने भनेको सुरक्षित बास, न्यानो लुगा र सबैभन्दा महत्त्वपूर्ण— सुरक्षित आवतजावतको माध्यम हो ।
त्रिशूली पारिका ती बस्तीहरूलाई जोड्ने एउटा बलियो झोलुङ्गे पुल निर्माण गरिदिनु नै आजको सबैभन्दा ठूलो र दिगो राहत हुनेछ । एउटा पुल बन्दा त्यहाँका बासिन्दाले भोगिरहेको अलगाव अन्त्य हुन्छ, दैनिकी सहज बन्छ र उनीहरूमा फेरि उठ्ने आत्मविश्वास पलाउँछ ।
विपद्को बेला संवेदना बेच्ने वा औपचारिकता पूरा गर्ने काम नगरौँ । पीडितको आँसु पुछ्ने काम कोषको खातामा अंक बढाएर होइन, उनीहरूको जीवन सहज बनाउने ठोस कामबाट मात्र सम्भव छ ।

अब कोषको तमासा होइन, काम चाहियो— पीडितलाई न्यानो र पारिका बस्तीलाई जोड्ने झोलुङ्गे पुल चाहियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









तुप्चेका रिजालले सामाजिक सेवामार्फत जन्मदिन मनाए
विद्युतीय तुइन सञ्चालनका लागि लायन्सद्वारा जेनेरेटर सहयोग
भोटेकोशीको महाप्रलय र जाडोको कहर : राहत कोषको तमासा होइन, अब चाहियो झोलुङ्गे पुल
रेडक्रसको सहयोगमा विदुरको बाल मन्दिर पुनर्निर्माण गरिने
बाढीले प्रियजन खोस्यो, राज्यले अन्तिम बिदाइको अधिकार खोस्दैछ





प्रतिक्रिया