बागेश्वरी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
नुवाकोट । लक्ष्मी सपोर्ट फाउन्डेसनको सहकार्य तथा समाजसेवी रामकाजी थापा (स्वर्णिम) को विशेष पहलमा तारकेश्वर गाउँपालिका–६ मजुवास्थित बागेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

एक भव्य कार्यक्रमकाबीच विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थी भाइबहिनीहरूलाई ट्र्याकसुट (न्यानो कपडा) र आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।
कार्यक्रमका अवसरमा नेदरल्यान्डकी नागरिक एवं फाउन्डेसनकी प्रतिनिधि सामन्था वाग्नाारले कक्षा ८ मा अध्ययनरत छात्रा युनिका मल्ल ठकुरीलाई कक्षा १० सम्मको पठनपाठनका लागि वार्षिक ४० हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा गर्नुभएको छ। सोही अवसरमा उहाँले छात्रा युनिकालाई १५ हजार रुपैयाँ नगद समेत प्रदान गर्नुभएको थियो।

कार्यक्रमलाई थप आकर्षक बनाउँदै विद्यार्थीहरूले विभिन्न मनोरञ्जनात्मक गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा तारकेश्वर वडा नं. ६ का कार्यवाहक वडाध्यक्ष धनराज तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद रिमाल, विद्यालयका प्रधानाध्यापक मेनुका श्रेष्ठ, शिक्षक–कर्मचारी तथा अभिभावकहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका संयोजक तथा समाजसेवी रामकाजी थापाले आफ्नो अनुरोधलाई स्वीकार गरी विद्यालयमा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभएको थियाे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागेश्वरी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक
भोटेकोशी बाढीको ६८ दिन: बाढीपीडितद्वारा विदुरमा प्रदर्शन, प्रजिअ र नगरलाई ६ बुँदे मागपत्र





प्रतिक्रिया