नेपाली कांग्रेस नुवाकोटको पालिका तथा क्षेत्रिय अधिवेशन स्थगित

विदुर खबर २०८३ असोज ८ गते १८:१५

नुवाकोट । अविरल वर्षाका कारण सिर्जित प्रतिकूल मौसम र बाढीपहिरोका कारण नेपाली कांग्रेस नुवाकोटले तय गरेका पालिका तथा क्षेत्रिय स्तरका अधिवेशनहरू स्थगित भएका छन्।

Advertisement

नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिको कार्यालय नुवाकोटले एक सूचना जारी गर्दै मिति २०८३ असोज ९ गतेका लागि तय गरिएको पालिका स्तरीय अधिवेशन र असोज १२ गतेका लागि तय गरिएको प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रत्न सुन्दर सञ्जेलद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार, १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार प्रकाशित निर्वाचन तालिका बमोजिम अधिवेशनहरू सञ्चालन गर्ने तयारी भए पनि मौसमको विषम परिस्थिति र बाढी प्रभावित क्षेत्रमा बाटोघाटो अबरुद्ध हुँदा केही वडाहरूबाट वडा अधिवेशनका कागजातहरू प्राप्त हुन नसकेको उल्लेख छ।

Advertisement

साथै जिल्लाभरि निरन्तर भारी वर्षा भइरहेको र मानवीय सुरक्षाको दृष्टिकोणलाई समेत ध्यानमा राख्दै मौसम अनुकूल नभएसम्मका लागि निर्वाचन कार्यक्रमहरू स्थगित गरिएको समितिले जनाएको छ।

मौसम अनुकूल हुनासाथ अर्को सूचना जारी गरी रोकिएका अधिवेशनहरू सम्पन्न गरिने निर्वाचन समितिले स्पष्ट पारेको छ।

Advertisement

प्रतिक्रिया