उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा

विदुर खबर २०८३ असोज ६ गते १९:००

नुवाकोट। गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण भौतिक क्षति व्यहोरेको यहाँस्थित उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ स्थानबाट आफ्नो सेवा पुनः नियमित सुरु गरेको छ।

Advertisement

त्रिशूली–१ मा रहेको संस्थाको साविक कार्यालय तथा भौतिक संरचनामा बाढीले ठूलो क्षति पुर्‍याएपछि करिब २०–२२ दिनदेखि नियमित कामकाज अवरुद्ध हुँदै आएको थियो।

विपद्का कारण परेको कठिन परिस्थितिमा पनि सेयर सदस्य, बचतकर्ता तथा ऋणी सदस्यहरूको हितलाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ। सहकारीले विदुर–४ स्थित नेपाल बैंक अगाडि नयाँ कार्यालय स्थापना गरी सेवा सुरु गरेको हो।

Advertisement

अबदेखि संस्थाका सम्पूर्ण वित्तीय कारोबार तथा प्रशासनिक सेवाहरू सोही नयाँ कार्यालयबाट क्रमशः उपलब्ध हुने उपकार बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ।

अचानक आएको बाढीका कारण सेवा प्रवाहमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै संस्थाले यस कठिन घडीमा धैर्यता, विश्वास र सहयोग बढाउने सम्पूर्ण सदस्यहरूमा हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ।

Advertisement

प्रतिक्रिया