मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण

त्यो बिहान अरू बिहानजस्तै सुरु भएको थियो घरमा चहलपहल थियो आमाको आवाज, छोराहरूको हाँसो, बुबाको व्यस्तता अनि छोरीको सानो–सानो खुसिका कुराले घर भरिएको थियो, त्यो घर उनीहरूका लागि केवल घर थिएन त्यो उनीहरूको संसार थियो घर पछाडि ५ आना आफ्नै जग्गा थियो घरसँगै उनीहरूको सानो पसल थियो त्यही पसलबाट परिवारको गुजारा चल्थ्यो
त्यही घरमा उनीहरूले आफ्ना छोराछोरीको भविष्यका सपना बुनेका थिए बुबा सोच्नुहुन्थ्यो—”छोराहरू ठूलो भएपछि केही राम्रो गर्छन् छोरीले राम्रो पढ्छे यो घरमा एक दिन उनीहरूकै खुसीको हाँसो गुञ्जिन्छ।” आमा पनि त्यही सपना बोकेर दिनरात परिवारका लागि खटिरहनुभएको थियो।
तर कसैलाई थाहा थिएन— त्यो बिहान ९ः३० बजेपछि उनीहरूको संसार पहिलेको जस्तो रहने छैन भनेर ।
बिहान ९ः३० बजे…
त्रिशुलीको बहाव अस्वाभाविक रूपमा बढ्दै गयो केही समयअघिसम्म सामान्य देखिएको वातावरण अचानक त्रासदीमा बदलियो त्रिशुली ढुंगे र आसपासका बजामा कोलाहाल मच्चियो , भाग….. भाग…..भाग….. आई सक्यो…. लई सक्यो…आईया नि मरेनि, बचाउ….. बचाउ….. बचाउ…..मानिसहरू सुरक्षित ठाउँतिर भाग्न थाले बुबाले दुई हातले छोराहरु समाउदै परिवारलाई जोगाउने प्रयास गर्नुभयो, आमाले आफ्नो सानी छोराछोरीलाई सम्हाल्नुभयो तर प्रकृतिको त्यो भयावह शक्तिका अगाडि मानिसको प्रयास कमजोर हुँदै गयो,
केही क्षणमै पृथ्बी प्रलय भएझै र चिसो कालो लेदो घरतिर पस्यो ।त्यो घर…त्यो पसल…त्यो जग्गा… त्यो सामान……वर्षौँको मेहनत…सबै क्षणभरमै भोटेकोशीको भेलसँगै बगेर गए, तर त्यो परिवारको सबैभन्दा ठूलो क्षति सम्पत्ति थिएन, त्यो दिन आमाले आफ्ना दुई छोरालाई गुमाउनुभयो, श्रीमान पनि रहेनन् , घरमा बाँकी रहिन् एउटी आमा र एउटी छोरी यो भन्दा ठुलो बज्रपात के हुन सक्छ अरु ।

पानी घट्यो, तर आमाको मनमा आएको बाढी घटेन ,केही समयपछि त्रीशुली शान्त हुँदै गयो तर त्यो आमाको जीवनमा आएको आँधी कहाँ शान्त हुन्थ्यो र? जहाँ हिजोसम्म दुई छोराको आवाज सुनिन्थ्यो,आज त्यहाँ मौनता थियो जहाँ बुबाको उपस्थिति थियो, आज त्यहाँ सम्झना मात्र थियो ,जहाँ घर थियो, त्यहाँ भग्न सपना थियो।
साँझ ७ बजे
आमा र छोरी शुन्यतामा थर थर काँप्दै गरेको शरिर बोकेर हात्तिगौंडा स्कुलको सेल्टमा छन्, केहीबेर पछी आमाले छोरीलाई अँगालो हाल्नुभयो छोरीले आमालाई समातेर रोइन्, दुवैसँग शब्द थिएनन्, त्यो क्षणमा आमाले छोरीको टाउकोमा हात राख्दै मनमनै भन्नुभयो—”अब तिमी नै मेरो संसार हौ।”
घर गयो, पसल गयो, तर जिम्मेवारी बाँकी रह्यो बाढीले घर लग्यो पसल लग्यो जग्गा र सम्पत्तिमा क्षति पु¥यायो तर आमाको जिम्मेवारी कहाँ बग्थ्यो र? छोरीको पढाइ बाँकी थियो भोलिको जीवन बाँकी थियो,बस्ने ठाउँ खोज्नुपर्ने थियो खानुपर्ने थियो,फेरि जीवन सुरु गर्नुपर्ने थियो त्यो दिन उनले एउटा कठोर सत्य बुझिन्, विपत्तिले सम्पत्ति मात्र खोस्दैन, कहिलेकाहीँ परिवारको आशा भरोसा बिश्वास र भविष्य नै खोसेर प्रश्नमा पारिदिन्छ ।
भाद्र २३ गते
एउटा कुरा सम्झना आयो—बीमा, बुबाले केही समय अघि परिवार र सम्पत्तिको सुरक्षाबारे सोचेर बीमा गराउनुभएको थियो त्यतिबेला सायद त्यो निर्णय सामान्य लागेको थियो तर आज? आज त्यो निर्णयको अर्थ फरक बिल्कुल फरक छ । बीमा कम्पनीमा सम्पर्क गरियो । क्षतिको सर्वेक्षण र आवश्यक प्रक्रिया अघि बढ्यो ।
बीमालेखको सर्त र दायराअनुसार क्षतिको दाबी प्रक्रिया अगाडि बढ्यो । दाबी भुक्तानी भयो, गुमेका आशा भरोसा र बिश्वास फर्किने मुना पलायो । बीमाले उनीहरूलाई गुमाएका मानिसहरू फर्काउन सकेन, कुनै बीमाले आमाका दुई छोरा र श्रीमान् फर्काउन सक्दैन, तर बीमाले एउटा काम गर्न सक्दो रैछ, बाँचेका मानिसलाई फेरि उभिन आर्थिक आधार दिन सक्छ बीमाको वास्तविक अर्थ यही हो रहेछ, हामी बीमालाई प्रायः एउटा कागज सम्झन्छौँ, एउटा पोलिसी नम्बर, केही कागजात, केही प्रिमियम, तर विपत्ति आएपछि त्यसको अर्थ बदलिन्छ त्यही कागज कसैको घर पुनर्निर्माण गर्ने आधार बन्न सक्छ त्यही बीमा कसैको व्यवसाय फेरि सुरु गर्ने सहारा बन्न सक्छ त्यही जीवन बीमा परिवारको कमाउने सदस्य गुमेपछि बाँचेका परिवारका सदस्यको शिक्षा, दैनिक जीवन र भविष्यका लागि आर्थिक आधार बन्न सक्छ बीमा दुःख हटाउने औषधि होइन तर दुःखमाथि थपिने आर्थिक बोझ कम गर्ने एउटा माध्यम हो । त्यो छोरीका आँखामा अझै पनि भविष्य छ,
दिनहरू बित्दै छ, आमा अझै पनि आफ्ना छोराहरूलाई सम्झेर रुन्छिन् बुबाको सम्झनाले मन भारी हुन्छ तर छोरीको भविष्यका लागि उनी उठ्छिन्, किनकि अब उनको जीवनमा एउटा मात्र लक्ष्य छ—”मेरो छोरीको भविष्य अन्धकार हुन दिन्नँ।” बाढीले उनीहरूको हिजो खोस्यो तर उनी आफ्नो छोरीको भोलि गुमाउन चाहन्नन् त्यसैले उनी फेरि सुरु गर्छिन् सानोबाट शून्यबाट आँसु पुछ्दै भोटेकोशीको त्यो बिहानले हामीलाई केही सिकाएर गयो, त्यो परिवारको पीडा हामी कल्पना मात्र गर्न सक्छौँ,तर त्यसले हामी सबैलाई एउटा प्रश्न भने सोध्छ—यदि आज हाम्रो घरमा यस्तै विपत्ति आयो भने? हाम्रो घर सुरक्षित छ? हाम्रो व्यवसाय सुरक्षित छ? हाम्रो सवारीसाधन सुरक्षित छ? हाम्रो लगानी सुरक्षित छ? र सबैभन्दा ठूलो कुरा—हामीमाथि आश्रित परिवारको भविष्य सुरक्षित छ? प्राकृतिक विपत्ति कहिले आउँछ भनेर हामीलाई थाहा हुँदैन तर जोखिमका लागि तयारी गर्ने समय भने आज हो ।
तसर्थ बीमा भनेको डर होइन, जिम्मेवारी हो, हामी आफ्नो घर बनाउँछौँ व्यवसाय गर्छौँ, छोराछोरीलाई पढाउँछौँ,भविष्यका लागि सपना देख्छौँ,त्यससँगै ती सपना जोगाउने जिम्मेवारी पनि हाम्रो हो । बीमाले बिपद रोक्न सक्दैन भूकम्प रोक्न सक्दैन आगलागी रोक्न सक्दैन मानिस गुमाउँदा उसको स्थान लिन सक्दैन तर—विपत्तिपछि बाँचेको परिवारलाई फेरि उठ्न आर्थिक सहारा दिन सक्छ।
लेखक सिताराम पौडेल हुन् । उनी आई.एम.ई. लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड, नुवाकोटका रिजनल म्यानेजर हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै





प्रतिक्रिया