बागमतीको बजेट अधिवेशन सोमबारबाट
नुवाकोट । बागमती प्रदेश सभाको बजेट अधिवेशन आगामी ११ जेठदेखि सुरु हुने भएको छ ।

बिहीबार बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुखबाट प्रदेश सभाको अठारौँ अधिवेशन आह्वान गरिएको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्रीका अनुसार अधिवेशनको पहिलो बैठक ११ जेठ सोमबार दिउँसो १ बजे बस्नेछ । मन्त्रिपरिषद्ले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखद्वारा जारी सूचनाअनुसार अधिवेशन हेटौंडा उपमहानगरपालिका परिसरस्थित सभाहलमा सञ्चालन हुनेछ । आगामी अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिने जनाइएको छ ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको कार्य विभाजन नियमावली संशोधन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रालयहरूको संख्या तथा कार्यक्षेत्रमा गरिएको पुनर्संरचनापछि जिम्मेवारी स्पष्ट पार्न नियमावली परिमार्जन गरिएको प्रदेश सरकारका प्रवक्ताले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरमा ‘परिवर्तनका लागि युवा नेतृत्व’ विषयक २ दिने प्रशिक्षण सम्पन्न
रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल





प्रतिक्रिया