परिवर्तन र समृद्धिका उज्यालो पार्टीले जित्नुपर्छ : घिसिङ
नुवाकोट । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले परिवर्तन र समृद्धिका लागि आफ्नो दलले जित्नुपर्ने बताएका छन् ।

मंगलबार पाँचथरको फिदिममा आयोजित उज्यालो नेपाल पार्टीको घोषणा सभामा बोल्दै घिसिङले आफू र आफ्नो दलले सरकारको नेतृत्व गर्ने अवसर पाए पूर्वाधार विकास, ऊर्जा र पर्यटन क्षेत्रमा चमत्कारिक परिवर्तन गर्ने दाबी गरे ।
आफूले कार्यकारी र मन्त्रीको जिम्मेवारी सम्हाल्दा विद्युत् प्राधिकरण र समग्र उर्जा क्षेत्रमा नागरिकले प्रत्याभूति गर्ने गरी परिवर्तन गरेको प्रसंग निकाल्दै घिसिङले राजनीतिमा होमिएपछि ऊर्जाशील युवा र जेन-जी सम्मिलित टिम आफूसँग रहेकाले गर्न सक्छौं भन्ने हिम्मत झन बढेको उनको भनाइ थियो ।
आफ्नो दल जेन-जी विद्रोहपश्चात स्थापना भएको र दलमा भ्रष्टाचार लगायतका कसुर लागेका नेता कार्यकर्ता नभएकैले पनि मत दिएर परीक्षण गर्न मतदातासँग आग्रह गरे ।
कार्यक्रममा उज्यालो पार्टीका तर्फबाट पाँचथरका प्रत्यक्ष सांसद टेकबहादुर यवा, समानुपातिक उम्मेदवारहरु श्याम मगर,ज्योतिका राई र डाक्टर महेन्द्रसुन्दर लावती लगायतले सम्बोधन गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रास्वपा बागमतीका उपसभापति हुमागाईँ कांग्रेस प्रवेश
पूर्व अर्थमन्त्री डा. महतकाे चुनावी प्रतिज्ञापत्र सार्वजनिक
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
परिवर्तन र समृद्धिका उज्यालो पार्टीले जित्नुपर्छ : घिसिङ





प्रतिक्रिया