नुवाकोटको गेर्खुमा बसको दादागिरी,जनप्रतिनिध र स्थानिय प्रशासन मौन
विदुर,नुवाकोटको विदुर नगरपालिका वडा नं १० र ११ को गेर्खुमा बसले मनलाग्दी यात्रुसँग पैसा उठाएर दादागिरी देखाउँदा समेत जनप्रतिनिधि र स्थानिय प्रशासन मौन देखिएको छ ।
सदरमुकाम विदुरबाट करिव सात किलोमिटर टाढा रहेको गेर्खुमा सो बसले प्रतियात्रु साविककको गाविससम्मको भाडा ८० रुपैयाँ लिने गरेको एक स्थानियबासीले विदुरखबरलाई बताए । गेर्खु–चोगते मोटरबाटो अन्तरगत गुड्ने बा १ ख ६३४९ नम्बरको जिर्ण पुरानो बसले मनलाग्दी भाडा असुलेको भन्दै स्थानियबासीले प्रहरी प्रशासनमा गुनासो गर्दा समेत सुनुवाई नभएको बताएका छन । बसले अन्य यातायात व्यवसायीको वस आए बिच बाटोमा नै अवरोध सिर्जना गरि बाटो बन्द गर्ने गरेको छ ।
बसले ७ किलोमिटरको भाडा ९० देखी एकसय रुपयाँसम्म लिने गरेको छ । प्रशासनमा उजुरी दिने बताएमा बसका चालकले उल्टै भौतिक कारवाही गर्ने चेतावनीले आफुहरुले उजुरी दिन नसकेको अर्काे स्थानियले नाम नबताउने शर्तमा बताए । जिर्ण रहेको बसले दैनिक क्षमताभन्दा बढी यात्रु ओर्सादा समेत सिमुटारमा रहेको प्रहरी समेत मौन देखिएका छन । दैनिक दुई पटक ओहोरदोहर गर्ने सो बसलाई प्हरीले समेत वास्ता नगर्नु चिन्ताको विषय रहेको सरोकारवालाहरु बताउँछन । बसले यात्रुसँगै दैनिक निर्माण समाग्री सिमेन्ट जस्ता लगायत सामान समेत ओसार्ने गरेको छ । बसले बढी भाडा लिएको विषयमा जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख वसन्त कुवरलाई जानकारी गराउँदा बढी भाडा लिए कारवाहीको भागेदार हुने बताए ।

बसले बढी भाडा असुलेको विषयमा विदुर नगरपालिका वडा नं १० वडाअध्यक्ष गणेशकुमार नेपाल र ११ का वडाअध्यक्ष तोयानाथ तिमिलसेनालाई जानकारी गराउँदा समेत सुनुवाई नभएको बोरुगाउँका एक यात्रुले बताए । तर वडाअध्यक्षहरुलाई बसले बढी भाडा लिएको भन्दै निवेदन दिएको भन्दै पासाङल्हामु यातायातका हरि नामका एक सदस्यले उल्टै थकाएको स्थानियबासीले बताएका छन । केही वर्षअघिदेखि काठमाण्डौबाट सिधै गेर्खुमा बस आउने गरेकोमा सो बस चल्न थालेपछि उक्त बस बन्द गरिएको थियो । सो बसका संचालकका लाई पासाङल्हामु यातायातका सदस्य रहेको र अन्य बस आएमा चल्न नदिने अवरोध गरेको कालिका विद्यालयका एक शिक्षकले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया